स्ट्रेट अफ होर्मुज खोल्नेबारे ओमान-ईयू वार्ता, इरानी सांसद भन्छन् : कसैको दबाबसामु हामी झुक्दैनौँ « Khabarhub

स्ट्रेट अफ होर्मुज खोल्नेबारे ओमान-ईयू वार्ता, इरानी सांसद भन्छन् : कसैको दबाबसामु हामी झुक्दैनौँ


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तेहरान- ओमानका विदेशमन्त्री बद्र बिन हमद अल बुस्यादीले युरोपेली संघ (ईयू) की विदेश नीति प्रमुख काजा कालाससँग टेलिफोनमा कुराकानी गरेका छन्।

ओमानको विदेश मन्त्रालयका अनुसार दुवै नेताहरूले मध्यपूर्वको वर्तमान स्थिति र क्षेत्रमा बढ्दै गएको तनावबारे छलफल गरेका छन्।

कुराकानीमा स्ट्रेट अफ होर्मुजमा समुद्री आवतजावत फेरि सुरु गर्ने र क्षेत्रीय तनाव घटाउने प्रयासलाई समर्थन गर्नेबारे कुरा भएको छ।

सका साथै युरोपेली संघ र ओमानबीच चलिरहेको सहयोग तथा साझेदारीबारे पनि चर्चा भएको मस्कटस्थित अधिकारीले बताएका छन्।

इरानी सांसदले भने : धम्कीसामु झुक्दैनौँ

यता इरानका एकजना सांसद इब्राहिम रेजाईले आफूहरू कसैको दबाब र धम्कीसामु नझुक्ने बताएका छन् । ‘इरान दबाब र धम्कीको अगाडि कहिल्यै झुक्ने छैन’, इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्तासमेत रहेका उनले भनेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकालाई कडा चेतावनी पनि दिएका छन् । ‘सैन्य युद्धमा हाम्रो नीति आँखाको बदला आँखा थियो । कूटनीतिक लडाइँमा पनि त्यसरी नै जवाफ दिइनेछ’, उनले भनेका छन् ।

रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि व्यंग्य पनि कसेका छन् । ‘अमेरिका समयको दबाबमा छ। यदि अमेरिकाले सम्झौता चाहन्छ भने कुराकानी गर्नुपर्छ’, उनले भनेका छन्, ‘यदि कठोर भएर दबाब दिने प्रयास जारी राख्यो भने त्यहाँ पेट्रोल र ग्यासको मूल्य बढ्न सक्छ।’

इरानसँग ठूलो खबर आउन सक्छ : अमेरिका

उता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग भइरहेको वार्ताबारे सोमबार ठूलो खबर आउन सक्ने बताएका छन्। उनले आइतबार दुवै देशबीच सम्झौता हुन नसके पनि यसलाई ठूलो कुरा नमान्नुपर्ने बताए।

रुबियोका अनुसार अमेरिकाले इरानसमक्ष बलियो प्रस्ताव राखेको छ, जसमा होर्मुज खोल्ने र इरानको आणविक कार्यक्रममा निश्चित समयभित्र गम्भीर छलफल गर्ने विषय समावेश छन्।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  २ : ०० बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः