हावाहुरीले प्राधिकरणलाई तनाव, ठाउँ ठाउँमा रुख ढल्दा मुख्य प्रसारण लाइनमै क्षति « Khabarhub

हावाहुरीले प्राधिकरणलाई तनाव, ठाउँ ठाउँमा रुख ढल्दा मुख्य प्रसारण लाइनमै क्षति


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा देशका केही क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध भएको जनाएको छ।

यसका कारण देशका केही क्षेत्रमा भोल्टेजमा उतारचढाव र ट्रिपिङको समस्या देखिएपछि समाधानका लागि प्राविधिक टोलीलाई परिचालन गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले प्रसारण लाइनमा परेको प्रभावपछि प्राविधिक टोलीलाई परिचालन गरेर समाधान गर्दै अघि बढिरहेको जानकारी दिए ।

‘पिलुवा (पथलैया)– चन्द्रनिगाहपुर खण्डको टावर नम्बर १२२–१२३ को बीचमा ढलेको रुख हटाइसकिएको छ । हाल सर्किट चार्ज गर्ने प्रक्रिया अघि बढाइएको छ,’ ढकालले भने, ‘त्यसैगरी टावर नम्बर १३६ र १३७ बीचमा ढलेका तीन रुख प्राधिकरणले शनिबार राति नै हटाई विद्युत प्रवाह सुचारू गरिएको छ ।’

उन अमलेखगञ्ज–कमने खण्डको टावर नम्बर ४६ र ४७ को बीचमा रुख ढल्दा एचटीएलएस कन्डक्टरमा क्षति पुगेको बताए।

यो प्राविधिक रुपमा जटिल समस्या भएकाले समाधानका लागि प्राधिकरणको एचटीएलएस विशेषज्ञसहितको प्राविधिक टोली आइतबार बिहानै अमलेखगञ्ज–कमाने घटनास्थलमा पुगेर स्ट्रिङिङको काम सुरू गरिसकेको उनले बताए।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ३ : १७ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि