कोशी प्रदेश सरकारले एआईमार्फत् एक्स-रे सेवा दिने « Khabarhub

कोशी प्रदेश सरकारले एआईमार्फत् एक्स-रे सेवा दिने


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने तयारी गरिरहँदा प्रदेशमा भने कोशी प्रदेश सरकारले मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

कानुनी व्यवस्था अनुसार बजेट भाषण अगावै सबै प्रदेशले आफ्ना नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि जेठ ११ सम्म कोशी प्रदेश बाहेक अन्य ६ वटा प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्  । 

कोशी प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरणसँगै स्वास्थ्य सेवा विस्तारलाई विशेष प्राथमिकतामा राखेको छ ।

कस्ता छन् स्वास्थ्य योजना ?

नीति तथा कार्यक्रम ल्याउने पहिलो प्रदेश बन्दै कोशीले प्रादेशिक स्वास्थ्य प्रणालीको सुदृढीकरण, अत्याधुनिक प्रविधिको प्रयोग र महामारी व्यवस्थापनलाई समेटेर महत्वाकांक्षी योजनाहरू अघि सारेको हो ।

१. प्रदेश सरकार मातहतका अस्पताललाई न्यूनतम पचास शय्यामा स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिने छ । 

प्रदेशका रणनीतिक स्थानमा रहेका अस्पताललाई नमूना अस्पतालको रूपमा विकास गरिने छ । शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रको लागि जग्गा प्राप्ति तथा पूर्वाधार विकास गरी आकस्मिक, हेमोडायलासिस र प्रसूति सेवा विस्तार गरिने छ ।  

२. स्थानीय तहका आधारभूत अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न प्राविधिक सहयोग एवम् विज्ञसहितको टोलीबाट सेवा सहजीकरण गरिने छ । विशेषज्ञ सेवाको पहुँचलाई प्रोत्साहन प्रणालीमा आबद्ध गरिने छ ।

३. प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको संस्थागत क्षमता विकास गरी स्वास्थ्य आपत्कालीन एवम् महामारी व्यवस्थापन, अस्पताल पूर्व सेवा र एम्बुलेन्स सेवालाई सुदृढ बनाउँदै प्रादेशिक प्रेषण केन्द्रलाई विस्तार गरिने छ ।  

४. ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियानलाई निरन्तरता दिँदै नसर्ने रोगको रोकथामका लागि सचेतना, स्क्रिनिङ, जोखिम मूल्याङ्कन, उपचार र निगरानी पद्धतिलाई समुदायस्तरसम्म विस्तार गरिने छ । 
विद्यालयदेखि समुदायसम्म जनस्वास्थ्य सेवा प्रवर्द्धनका लागि विद्यालय नर्सिङ सेवा कार्यक्रमलाई निरन्तरता दिइने छ ।

५. मानसिक रोग, लागूपदार्थ दुर्व्यसनी तथा आत्महत्या रोकथाम एवम् उपचारका लागि निजी तथा सरकारी स्वास्थ्य संस्थासँगको समन्वय र साझेदारीमा टेलिमेडिसिन सहितको सेवा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने छ ।

६. दिगो विकास लक्ष्यमा निर्दिष्ट सरूवा रोग नियन्त्रणसम्बन्धी उपलब्धि हासिल गर्न सचेतना, रोग पहिचान र व्यवस्थापनलाई सुदृढ गरिने छ । क्षयरोग नियन्त्रणका लागि कृत्रिम बौद्धिकतामा आधारित एआई एक्स–रे सेवाको विस्तार तथा उपचार सुनिश्चित गरिने छ ।

७. स्थानीय तहसँगको सहकार्यमा उच्च मातृ तथा नवशिशु मृत्युदर कम गर्न रणनीतिक स्थानमा रहेका बर्थिङ सेन्टरको वस्तुनिष्ठ व्यवस्थापन एवम् एकीकरण गरी प्रभावकारी सेवा प्रवाह गरिने छ ।

८. प्रजनन स्वास्थ्य रूग्णता प्रारम्भिक परीक्षण र उपचार सेवाको पहुँच विस्तार गरिने छ । समुदायमा स्वास्थ्य सचेतना प्रवर्धन गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई प्रभावकारी बनाइने छ ।

९. नवशिशुको सघन उपचार सेवाका लागि अस्पतालमा एस.एन.सि.यु. तथा एन.आइ.सि.यु. सेवा सुदृढ तथा विस्तार गरिने छ । बालबालिकाको समग्र स्वास्थ्य, खोप र पोषण सम्बन्धी सेवालाई सुदृढ गरिने छ ।  

१०. ज्येष्ठ नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्य व्यवस्थापन गरी सहज जीवनयापनका लागि ‘स्वस्थ बुढ्यौली प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिने छ ।  

११. प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई रोग निगरानी, महामारी पुष्टि, गुणस्तर परीक्षण तथा जनस्वास्थ्य अनुसन्धानमा सहयोग गर्ने प्रेषण प्रयोगशालाको रूपमा विकास गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप क्षमता विस्तार गरिने छ । 

आधारभुत अस्पतालमा रहेका प्रयोगशालाको क्षमता विकास गरिने छ । सरकारी एवम् निजी प्रयोगशालाको नियमन गरी गुणस्तर कायम गरिने छ ।

१२. मानव, वातावरण र पशु स्वास्थ्यलाई एकै कोणबाट सम्बोधन गर्न “वान हेल्थ एप्रोच” को अवधारणालाई कार्यान्वयन गरिने छ । 

प्रति जैविक प्रतिरोध नियन्त्रणका लागि एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग गर्न सचेतना अभिवृद्धि गरिने छ ।  
१३. आयुर्वेद, होमियोप्याथी तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिलाई थप सुदृढ र विस्तार गरिने छ । 

आयुर्वेद स्वास्थ्य केन्द्र एवम् प्रदेश आयुर्वेद अस्पतालको गुणस्तर सुधार गरिने छ । आयुर्वेदमा प्रयोग हुने स्थानीय औषधिजन्य जडीबुटी उत्पादन एवम् प्रवर्द्धन गरिने छ । 

विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयसँगको सहकार्यमा प्रादेशिक आयुर्वेद अस्पतालको क्षमता विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी गरिने छ ।

१४. नसर्ने रोग न्यूनीकरणका लागि ‘जीवन चक्र अवधारणा’ मार्फत् नागरिक आरोग्य कार्यक्रम, स्वस्थ गर्भावस्था, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन, स्तनपायी आमा कार्यक्रमलाई निरन्तरता दिइने छ । 

बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरिने छ ।

कोशी प्रदेशले अघि सारेका यी नीतिहरूले एकातिर भुइँतहका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने देखिन्छ भने अर्कोतिर जटिल रोगको उपचार र अत्याधुनिक प्रविधिको अवलम्बनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छ । 

बजेटमार्फत यी नीतिहरूका लागि कति बजेट विनियोजन हुन्छ, त्यसले नै यसको सफल कार्यान्वयन निर्धारण गर्नेछ ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ४ : १० बजे

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल

काठमाडौं- सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त 

सडक असहज : सेवाग्राहीलाई समस्या

मुस्ताङ– जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने

प्रधानमन्त्रीको अनुरोधअनुसार राष्ट्रपतिले गणतन्त्र दिवसमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अनुरोधपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते

प्रधानमन्त्रीले भोलि ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले भोलि नेपालका लागि नियुक्त युरोपेली सङ्घ