सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार « Khabarhub

सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिए । 

आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना भएकी मगरको आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया मार्फत नवजात शिशु निकालिएको  थियो । यसक्रममा उहाँको अत्यधिक रक्तश्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो  ।

जिल्ला अस्पतालका प्रमुख डा सन्तोश देवले भने ‘मगरलाई अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत काठमाडौ थापाथली स्थित प्रसूति गृहमा पठाइएको छ ।’

सुत्केरी मगरलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ४ : २६ बजे

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट

अखिलले आफैँ वितरण गर्‍यो राहत

रसुवा–  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपीडितलाई