नेप्से परिसूचकमा २७.८५ अंकको वृद्धि « Khabarhub

नेप्से परिसूचकमा २७.८५ अंकको वृद्धि


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झण्डै २८ अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८५ अंकले उकालो लागेर दुई हजार ७८६ दशमलव ३५ मा पुगेको छ । यो एक प्रतिशत बराबरको वृद्धि हो । ठूला कम्पनीको कारोबारमापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक तीन दशमलव ८५ अंकले उकालो लागेर ४७५ दशमलव ७४ मा पुगेको छ ।

कारोबार भएकामध्ये २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको भने घटेको छ । कूल ३४२ कम्पनीको एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, रिडी पावर कम्पनी, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र ङयादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा छ ।

यस्तै, थ्री स्टार हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, अप्पर हेवा खोला हाइड्रोपावर, माया खोला हाइड्रोपावर र रिजलाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल ग्रोथ फन्ड, नेपाल बैंकको डिवेञ्चर, सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले भने गुमाएका छन् ।
 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ३१ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ