संक्रमणकालीन न्यायका विषय निष्कर्षमा पुराउन सरकार गम्भीर : कानुनमन्त्री « Khabarhub

संक्रमणकालीन न्यायका विषय निष्कर्षमा पुराउन सरकार गम्भीर : कानुनमन्त्री


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई निष्कर्षमा पुराउन सरकार गम्भीर रहेको बताएकी छन् । 

सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले आवश्यक वित्तीय व्यवस्थापन रणनीति तथा कार्ययोजनाका साथ संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई निष्कर्षमा पुराउन सरकार गम्भीर रहेको बताएकी हुन् ।

संक्रमणकालीन न्यायलाई टुङ्गाउन धेरै लागेकाले अव त्यससम्बन्धी भएका कामकारबाही दस्ताबेजलाई अभिलेखीकरण गर्ने काम भइरहेको उनले बताइन् । 

मन्त्री गौतमले संक्रमणकालीन न्यायसम्बन्धी आयोगका दुवै कार्यालयहरूको व्यवस्थापनलाई प्रभावकारी बनाउने काम अन्तिम चरणमा पुगेको धारणा राखिन् । 

मन्त्री गौतमले संक्रमणकालीन न्यायको विगत, वर्तमान अवस्था तथा आगामी कार्यदिशालाई स्पष्ट रूपमा परिभाषित गर्ने उद्देश्यले विस्तृत पोजिसन पेपर तयार गरिने समेत जानकारी दिइन् । 

मन्त्री गौतमले डिजिटल न्याय प्रणालीको सुदृढीकरण, वित्तीय अपराध तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताइन् । 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ५३ बजे

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो

चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान

चीन– नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर