संक्रमणकालीन न्यायका विषय निष्कर्षमा पुराउन सरकार गम्भीर : कानुनमन्त्री « Khabarhub

संक्रमणकालीन न्यायका विषय निष्कर्षमा पुराउन सरकार गम्भीर : कानुनमन्त्री


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई निष्कर्षमा पुराउन सरकार गम्भीर रहेको बताएकी छन् । 

सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले आवश्यक वित्तीय व्यवस्थापन रणनीति तथा कार्ययोजनाका साथ संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई निष्कर्षमा पुराउन सरकार गम्भीर रहेको बताएकी हुन् ।

संक्रमणकालीन न्यायलाई टुङ्गाउन धेरै लागेकाले अव त्यससम्बन्धी भएका कामकारबाही दस्ताबेजलाई अभिलेखीकरण गर्ने काम भइरहेको उनले बताइन् । 

मन्त्री गौतमले संक्रमणकालीन न्यायसम्बन्धी आयोगका दुवै कार्यालयहरूको व्यवस्थापनलाई प्रभावकारी बनाउने काम अन्तिम चरणमा पुगेको धारणा राखिन् । 

मन्त्री गौतमले संक्रमणकालीन न्यायको विगत, वर्तमान अवस्था तथा आगामी कार्यदिशालाई स्पष्ट रूपमा परिभाषित गर्ने उद्देश्यले विस्तृत पोजिसन पेपर तयार गरिने समेत जानकारी दिइन् । 

मन्त्री गौतमले डिजिटल न्याय प्रणालीको सुदृढीकरण, वित्तीय अपराध तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताइन् । 

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ५ : ५३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली