भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा « Khabarhub

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै समूह विजेता बन्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलमा भारत २५–१४, २६–२४ र २५–१३ ले विजयी भयो । समूह ए मा भारतसँगै नेपाल पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पराजित किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै सोमबार भएको पहिलो खेलमा बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै  श्रीलङ्काले सान्त्वना जित निकाल्यो । 

समूह चरणको अन्तिम खेलमा श्रीलङ्काले २५–१९, २५–९ र २५–१३ को जित निकालेको हो । समूह बी बाट कजाख्स्तान र इरान सेमिफाइनल प्रवेश गरिसकेका छन् । 

चार टीमबीच वर्गीकरण राउन्ड पछि जेठ १४ गते बिहीबार सेमिफाइनल खेल हुने भलिबल संघले जनाएको छ । फाइनल खेल भने जेठ १५ गते शुक्रबार हुने छ । 
 

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ५ : ५९ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर