विश्वकप खेल्ने स्पेनी टोलीको घोषणा, बार्सिलोनाका मात्रै ८ जना खेलाडी « Khabarhub

विश्वकप खेल्ने स्पेनी टोलीको घोषणा, बार्सिलोनाका मात्रै ८ जना खेलाडी


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यसै वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा हुन लागेको फिफा विश्वकपका लागि उपाधि दाबेदारमध्ये एक स्पेनले आफ्नो टोली घोषणा गरेको छ।

विश्वकप सुरू हुन केही हप्तामात्र बाँकी रहँदा प्रशिक्षक लुइस दे ला फुएन्टेले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन्।

जसमा अपेक्षा गरिएअनुसार एफसी बार्सिलोनाका ठूलो सङ्ख्यामा खेलाडी परेका छन्। स्पेनले उत्तर अमेरिकामा हुने यो प्रतियोगिताका लागि बोलाइएका ८ जना बार्सिलोना स्टार अटाइएका छन् ।

टोलीमा बोलाइएकामध्ये सबैभन्दा पहिलो गोलकिपर जोआन गार्सिया हुन्। जसले बार्सिलोनामा पहिलो सिजनमै ला लिगाको जामोरा ट्रफी जितेका छन्।

यसैगरी, यो सिजन युरोपका उत्कृष्ट युवा डिफेन्डरमध्ये एक मानिएका पाउ कुभार्सी पनि टोलीमा छन् । उनी विश्वकपमा स्पेनको मुख्य लाइनअपमा खेल्ने सम्भावना उच्च छ।

उनीसँगै बहुमुखी खेलाडी एरिक गार्सिया पनि छन्, जसले उत्कृष्ट सिजन बिताएका छन् । उनी राइट ब्याक, सेन्टर ब्याक तथा डिफेन्सिभ मिडफिल्डमा खेल्न सक्छन्।

मिडफिल्डमा पेड्री र गाभी समावेश छन्। गाभीले मार्चमा लामो चोटबाट फर्किएपछि उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा स्थान बनाए।

डानी ओल्मोलाई पनि टोलीमा स्थान दिइएको छ, जसले स्पेनको अभियानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। तर फेरमिन लोपेज चोटका कारण टोलीबाट बाहिरिएका छन्।

आक्रमणतर्फ फेरान टोरेस निश्चित परेका छन् । उनी दे ला फुएन्टेका विश्वासिला खेलाडी हुन्। उनीसँगै टिनएज सुपरस्टार लामिन यामाल पनि छन्। यामाल हाल ह्यामस्ट्रिङ चोटबाट रिकभर भइरहेका छन् । उनी स्पेनको तेस्रो ग्रुप खेलमा मात्रै फिट हुने सम्भावना छ।

अलेजान्द्रो भाल्डे भने टोलीमा अटाउन सकेनन्। दे ला फुएन्टेले लेफ्ट ब्याकमा मार्क कुकुरेल्ला र अलेजान्द्रो ग्रिमाल्डोलाई प्राथमिकता दिएका छन्।

एएस मोनाकोमा लोनमा राम्रो सिजन बिताएका अन्सु फाती पनि टोलीमा परेनन्। मार्क कासाडो र मार्क बर्नाल पनि बाहिरिएका छन्।

स्पेनको विश्वकप टोलीमा बार्सिलोनाबाट ८ जना खेलाडी छनोट भएका छन्, जसमा लामिन यामाल, पेड्री, गावी, पाउ कुभार्सीजस्ता युवा स्टारहरू मुख्य आकर्षण हुन्।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ५ : ५१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण