विश्वकप खेल्ने स्पेनी टोलीको घोषणा, बार्सिलोनाका मात्रै ८ जना खेलाडी « Khabarhub

विश्वकप खेल्ने स्पेनी टोलीको घोषणा, बार्सिलोनाका मात्रै ८ जना खेलाडी


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यसै वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा हुन लागेको फिफा विश्वकपका लागि उपाधि दाबेदारमध्ये एक स्पेनले आफ्नो टोली घोषणा गरेको छ।

विश्वकप सुरू हुन केही हप्तामात्र बाँकी रहँदा प्रशिक्षक लुइस दे ला फुएन्टेले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन्।

जसमा अपेक्षा गरिएअनुसार एफसी बार्सिलोनाका ठूलो सङ्ख्यामा खेलाडी परेका छन्। स्पेनले उत्तर अमेरिकामा हुने यो प्रतियोगिताका लागि बोलाइएका ८ जना बार्सिलोना स्टार अटाइएका छन् ।

टोलीमा बोलाइएकामध्ये सबैभन्दा पहिलो गोलकिपर जोआन गार्सिया हुन्। जसले बार्सिलोनामा पहिलो सिजनमै ला लिगाको जामोरा ट्रफी जितेका छन्।

यसैगरी, यो सिजन युरोपका उत्कृष्ट युवा डिफेन्डरमध्ये एक मानिएका पाउ कुभार्सी पनि टोलीमा छन् । उनी विश्वकपमा स्पेनको मुख्य लाइनअपमा खेल्ने सम्भावना उच्च छ।

उनीसँगै बहुमुखी खेलाडी एरिक गार्सिया पनि छन्, जसले उत्कृष्ट सिजन बिताएका छन् । उनी राइट ब्याक, सेन्टर ब्याक तथा डिफेन्सिभ मिडफिल्डमा खेल्न सक्छन्।

मिडफिल्डमा पेड्री र गाभी समावेश छन्। गाभीले मार्चमा लामो चोटबाट फर्किएपछि उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा स्थान बनाए।

डानी ओल्मोलाई पनि टोलीमा स्थान दिइएको छ, जसले स्पेनको अभियानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। तर फेरमिन लोपेज चोटका कारण टोलीबाट बाहिरिएका छन्।

आक्रमणतर्फ फेरान टोरेस निश्चित परेका छन् । उनी दे ला फुएन्टेका विश्वासिला खेलाडी हुन्। उनीसँगै टिनएज सुपरस्टार लामिन यामाल पनि छन्। यामाल हाल ह्यामस्ट्रिङ चोटबाट रिकभर भइरहेका छन् । उनी स्पेनको तेस्रो ग्रुप खेलमा मात्रै फिट हुने सम्भावना छ।

अलेजान्द्रो भाल्डे भने टोलीमा अटाउन सकेनन्। दे ला फुएन्टेले लेफ्ट ब्याकमा मार्क कुकुरेल्ला र अलेजान्द्रो ग्रिमाल्डोलाई प्राथमिकता दिएका छन्।

एएस मोनाकोमा लोनमा राम्रो सिजन बिताएका अन्सु फाती पनि टोलीमा परेनन्। मार्क कासाडो र मार्क बर्नाल पनि बाहिरिएका छन्।

स्पेनको विश्वकप टोलीमा बार्सिलोनाबाट ८ जना खेलाडी छनोट भएका छन्, जसमा लामिन यामाल, पेड्री, गावी, पाउ कुभार्सीजस्ता युवा स्टारहरू मुख्य आकर्षण हुन्।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ५१ बजे

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त