सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम « Khabarhub

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले आफूहरूले अघि सारेका १५ बुँदे माग पुरा नभए आन्दोलन गर्ने भन्दै देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

उनीहरूले विकल्प दिएर मात्रै डोजर लगाउनुपर्ने, जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकालाई जमिनसहित उचित व्यवस्था गर्नुपर्ने, नागरिकको संवैधानिक र मानवीय अधिकारको संरक्षण गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

समितिका संयोजक खगेन्द्र पौडेलले लाखौँ भूमिहीन–सुकुम्वासी समुदायमाथि वैकल्पिक पुनर्स्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको बताए ।

उनले अहिले बसेकै स्थानमा जमिन दिन पनि सरकारको ध्यानाकर्षण गराए । 

वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्वासीहरूलाई विना विकल्प डोजर लगाउने आफूहरूको मानवअधिकारको हनन समेत भएको समितिले जनाएको छ । 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ६ : १९ बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन