विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान « Khabarhub

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन् । उनी आइतबार हुने अर्जेन्टिना र जोर्डनबीको खेल हेर्नका लागि अमेरिका उड्ने तयारीमा रहेका छन् ।

अर्जेन्टिनी स्टार लियोनल मेसीका ठूलो फ्यान हुन्– अनमोल । आफूले फुटबलर भूमिका निर्वाह गरेको फिल्म ‘क्याप्टेन’ प्रदर्शनताका उनले भनेका थिए, ‘म सानैदेखि अर्जेन्टिनाको फ्यान हो । मेसीको झन् ठूलो फ्यान हुँ ।’

अनमोल साँच्चै मेसीको ठूलो फ्यान रहेछन् । आफ्नो आइडल मेस्सीले नखेल्ने भए सायदै उनी अमेरिका खेल हेर्नकै लागि जाँदैनथे हाेला ।

अनमोलका बुवा नायक भुवन केसी पनि अर्जेन्टिनकै समर्थक हुन् । डिएगो म्याराडोनाको समयदेखि अर्जेन्टिनाका समर्थक बनेको उनी मेसी रहँदासम्म यही टिमलाई समर्थन गर्ने बताउँछन् ।

अहिले विश्वकप समूह चरणको तेस्रो राउन्ड जारी छ । खेलका नजिताहरू अकल्पनिक निस्किएसँगै धेरैको चासो परेको छ । कलाकारहरू पनि आफ्नो समर्थन रहेको टिम र हेभिवेट टोलीहरूको खेल हुँदा सामाजिक सञ्जालमा सक्रिय हुने गरेका छन् ।

नायक दयाहाङ राईले सोमबार राति ११ बजे सामाजिक सञ्जालमा लेखे, ‘कहिलेकाहीँ यस्तो हुन्छ..’ । जब अर्जेन्टिना र अस्ट्रियाबीचको खेलमा मेसीले पेलाल्टी प्रहारमा गोल गर्न सकेनन्, त्यस लगत्तै उनको स्ट्याटस आएको थियो ।

दयाहाङ राई पनि मेस्सीलाई आफूले ‘एकदमै सम्मान गर्ने खलाडी’ भन्छन् । अर्जेन्टिनाको खेल सकेसम्म नछुटाउने उनले विभिन्न अन्तर्वार्तामा बताउँदै आएका छन् ।

नियमितरुपमा फुटबल खेल्ने गायक बद्री पंगेनी पोर्चुगल तथा क्रिस्टियानो रोनाल्डोको समर्थनमा देखिएका छन् । यस विश्वकपको पहिलो खेलमा रोनाल्डोको टिमले बराबरी खेलेको थियो ।

टोलीले जित ननिकाल्दा उनी असन्तुष्ट रहेको देखिन्छ । रोनाल्डोको जर्सी लगाएर बद्रीले उज्बेकिस्तासँगको खेल सुरु हुनुअघि लेखे, ‘यति गर्दा पनि जितिएन भने कसको के लाग्छ र ?’

अर्का नायक विजय बराल खुलेरै ब्राजिलको समर्थन लागेका छन् । उनी आफू पुरानो ब्राजिलकाे समर्थक रहेको बताउँछन् ।

गायिका रचना रिमाल अर्जेन्टिना र पोर्चुगलको खेल हुँदा सामाजिक सञ्जालमा सक्रिय देखिन्छिन् । उनी यी दुवै टोलीले गोल गर्दा पोस्ट हाल्न भ्याइहाल्छिन् । उनी प्रिय खेलाडीमा रोनाल्डो नै शीर्ष स्थानमा पर्छन् ।

रचनाले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘मलाई रोनाल्डो नै मन पर्छ । रोनाल्डोपछि मेस्सी मन पर्छ । दुवै मन पर्ने खेलाडी हुन् ।’
रचनाको फेसबुक अकाउन्ट पनि त्यस्तै देखिन्छ । उनी दुवैको समर्थनमा दखिन्छन् तर रोनाल्डो हाबी छन् ।

कलाकार तथा निर्माता दीपकराज गिरी पनि अर्जेन्टिनाका पुराना फ्यान हुन् । उनी म्याराडोनाको समयदेखिकै अर्टेन्टिनी समर्थक हुन् । दीपकले अर्टेन्टिनाको जर्सी लगाएको पुरानो तस्बिर सेयर गर्दै लेखेका छन्, ‘आफू त सन् १९९० देखि म्याराडोना–मेस्सीसम्म ।’

गायक प्रमोद खरेल पनि विश्वकपलाई लिएर सामाजिक सञ्जालमा सक्रिय छन् । उनी अर्जेन्टिनाका समर्थक हुन् । तर, रोनाल्डो र ब्राजिलका नेइमार जुयिनरबारे पनि उनले लेखिरहेका हुन्छन् ।

मेस्सीले विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमानको पनि उनले प्रशंसा गरेका छन् । ४१ वर्षको उमेरमा एक खेलमा दुई गोल गरेका रोनाल्डोको पनि उनी प्रशंसा गरे । उनी भन्छन्, ‘नेइमार बिना ब्राजिलको म्याच नुन नभएको तरकारी जस्तो ।’ खरेल पहिला ब्राजिलका समर्थक थिए ।

हास्य कलाकार राजा राजेन्द्र पोखरेल मेस्सीकै फ्यान हुन् । मेसीको प्रदर्शन र कीर्तिमानमा उनी खुसी देखिएका छ्न् ।

एआईको सहयोगमा प्रोर्चुगलको जर्सी लगाएको फाटो पनि उनले फेसबुकमा राख्दै लेखेका छन्, ‘०७२ सालमा भूकम्प जाँदा रोनाल्डोले नेपालको पक्षमा जर्सी लगाएर गुन गरेका थिए । त्यही गुन तिर्न आज मैले यो जर्सी लगाएँ ।’

अर्जेन्टिनाको दुई तारे जर्सी लगाएको तस्बिर नायिका केकी अधिकारीले फेरि सेयर गरेकी छिन् । मेसीको प्रदर्शन र कीर्तिमानमा उनले खुसी साटेको पाइन्छ ।

त्यस्तै गायक डम्बर नेपालीले खुलेरै अर्जेन्टिनाको समर्थन गरेका छन् । टोलो जर्सी लगाउँदै उनले लेखेका छन्, ‘जर्सी मात्रै अर्जेन्टिनाको हो, मन त नेपाली हो है ।’

सामाजिक सञ्जालमा सक्रिय धेरै कलाकारहरू अर्जेन्टिना र मेसीको समर्थनमा देखिएका छन् । हाइलाइटेड टोलीहरूको खेलमा पनि उनीहरू निकै सक्रिय देखिन्छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ९ : ३१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन