स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता « Khabarhub

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध बलियो पकड बनाएको छ ।

खेलको पहिलो हाफमै दुई गोलको अग्रता लिएको ब्राजिलले स्कटल्यान्डलाई दबाबमा राखेको हो । दोस्रो हाफमा थप एक गोल गर्दै ६० मिनेटमा तीन गोल गरिसकेको छ ।

खेलको सातौँ मिनेटमै स्टार स्ट्राइकर विनीसियस जुनियरले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । आक्रामक खेल पस्किएको ब्राजिलका लागि पहिलो हाफको इन्जुरी समय मा विनीसियसले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६० मिनेटमा म्याथ्यूस कुन्हाले गोल गर्दै ३–० को अग्रता दिलाएका हुन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ५ : १७ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा