ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक « Khabarhub

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३–० को सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामी स्टेडियममा भएको खेलमा तीन गोलको स्पष्ट अग्रता बनाएपछि ब्राजिलले खेलको बाँकी समय आफ्नो रक्षापंक्तिलाई बलियो राख्दै सोही अग्रतालाई जोगाउन सफल भएको हो ।

खेलमा विनीसियस जुनियरले दुई तथा माथिअस कुन्हाले एक गोल गरेपछि ब्राजिलले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको हो ।

खेलको सातौँ मिनेटमै स्टार स्ट्राइकर विनीसियस जुनियरले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । आक्रामक खेल पस्किएको ब्राजिलका लागि पहिलो हाफको इन्जुरी समय मा विनीसियसले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६० मिनेटमा माथिअस कुन्हाले गोल गर्दै ३–० को अग्रता दिलाएका हुन् । त्यसपछि भने दुवै तर्फबाट गोल हुन सकेन् । समूह सीबाट ब्राजिल र मोरक्को अन्तिम ३२ मा पुगेका छन्।

यो पराजयसँगै स्कटल्यान्डको अर्को चरण (अन्तिम ३२) मा पुग्ने समीकरण निकै कठिन बनेको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ५ : ४७ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप