ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक « Khabarhub

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३–० को सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामी स्टेडियममा भएको खेलमा तीन गोलको स्पष्ट अग्रता बनाएपछि ब्राजिलले खेलको बाँकी समय आफ्नो रक्षापंक्तिलाई बलियो राख्दै सोही अग्रतालाई जोगाउन सफल भएको हो ।

खेलमा विनीसियस जुनियरले दुई तथा माथिअस कुन्हाले एक गोल गरेपछि ब्राजिलले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको हो ।

खेलको सातौँ मिनेटमै स्टार स्ट्राइकर विनीसियस जुनियरले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । आक्रामक खेल पस्किएको ब्राजिलका लागि पहिलो हाफको इन्जुरी समय मा विनीसियसले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६० मिनेटमा माथिअस कुन्हाले गोल गर्दै ३–० को अग्रता दिलाएका हुन् । त्यसपछि भने दुवै तर्फबाट गोल हुन सकेन् । समूह सीबाट ब्राजिल र मोरक्को अन्तिम ३२ मा पुगेका छन्।

यो पराजयसँगै स्कटल्यान्डको अर्को चरण (अन्तिम ३२) मा पुग्ने समीकरण निकै कठिन बनेको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ५ : ४७ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द