हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा « Khabarhub

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

रोमाञ्चक खेलमा मोरक्कोको पुनरागमन जित


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । बिहीबार बिहानका राति भएको समूह ‘सी’ को रोमाञ्चक भिडन्तमा मोरक्कोले पुनरागमन गर्दै हाइटीमाथि ४–२ को जित दर्ता गरेको हो ।

लामो समयपछि विश्वकपमा फर्किएको क्यारेबियन राष्ट्र हाइटीले खेलमा दुई पटक सुरुवाती अग्रता लिँदै मोरक्कोलाई दबाबमा राखेको थियो । विश्वकप इतिहासमै आफ्नो पहिलो अंक जोड्ने दाउमा रहेको हाइटीको सपनालाई मोरक्कोका वैकल्पिक खेलाडीले समाप्त पारिदिए ।

खेलको १० औँ मिनेटमै मोरक्कोका गोलकिपर यासिन बोनोबाट आत्मघाती गोल भएपछि हाइटीले अप्रत्याशित सुरुवाती अग्रता लिएको थियो । तर, ३९ औँ मिनेटमा स्टार डिफेन्डर अकराफ हाकिमीले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा ल्याए । खेलको ४३ औँ मिनेटमा विल्सन इसिडोरले गोल गरेपछि हाइटीले पुनः २–१ को अग्रता बनायो । हानेको केही मिनेटमै अर्थात् पहिलो हाफको इन्जुरी समयमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई फेरि २–२ को बराबरी स्थितिमा पुर्‍याए ।

दोस्रो हाफमा मोरक्कोका वैकल्पिक खेलाडीहरू चम्किए । ७८ औँ मिनेटमा सुफियाने राहिमीले गोल गर्दै मोरक्कोलाई खेलमा पहिलो पटक ३–२ को अग्रता दिलाए भने ८९ औँ मिनेटमा जेसिम यासिनले गोल गरेपछि मोरक्कोले ४–२ को रोमाञ्चक जित दर्ता गर्‍यो ।

यो जितसँगै मोरक्को समूह ‘सी’ को उपविजेता बन्दै अर्को चरणमा पुगेको हो । यसै समूहको अर्को खेलमा स्कटल्यान्डलाई ३–० ले पराजित गरेको ब्राजिल शीर्ष स्थानमा रह्यो ।

३ खेलबाट ७ अंक जोडेको मोरक्को समूहको उपविजेता बनेको हो । समान अंक भए पनि गोल अन्तरको आधारमा ब्राजिल शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ६ : १८ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम