हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा « Khabarhub

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

रोमाञ्चक खेलमा मोरक्कोको पुनरागमन जित


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । बिहीबार बिहानका राति भएको समूह ‘सी’ को रोमाञ्चक भिडन्तमा मोरक्कोले पुनरागमन गर्दै हाइटीमाथि ४–२ को जित दर्ता गरेको हो ।

लामो समयपछि विश्वकपमा फर्किएको क्यारेबियन राष्ट्र हाइटीले खेलमा दुई पटक सुरुवाती अग्रता लिँदै मोरक्कोलाई दबाबमा राखेको थियो । विश्वकप इतिहासमै आफ्नो पहिलो अंक जोड्ने दाउमा रहेको हाइटीको सपनालाई मोरक्कोका वैकल्पिक खेलाडीले समाप्त पारिदिए ।

खेलको १० औँ मिनेटमै मोरक्कोका गोलकिपर यासिन बोनोबाट आत्मघाती गोल भएपछि हाइटीले अप्रत्याशित सुरुवाती अग्रता लिएको थियो । तर, ३९ औँ मिनेटमा स्टार डिफेन्डर अकराफ हाकिमीले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा ल्याए । खेलको ४३ औँ मिनेटमा विल्सन इसिडोरले गोल गरेपछि हाइटीले पुनः २–१ को अग्रता बनायो । हानेको केही मिनेटमै अर्थात् पहिलो हाफको इन्जुरी समयमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई फेरि २–२ को बराबरी स्थितिमा पुर्‍याए ।

दोस्रो हाफमा मोरक्कोका वैकल्पिक खेलाडीहरू चम्किए । ७८ औँ मिनेटमा सुफियाने राहिमीले गोल गर्दै मोरक्कोलाई खेलमा पहिलो पटक ३–२ को अग्रता दिलाए भने ८९ औँ मिनेटमा जेसिम यासिनले गोल गरेपछि मोरक्कोले ४–२ को रोमाञ्चक जित दर्ता गर्‍यो ।

यो जितसँगै मोरक्को समूह ‘सी’ को उपविजेता बन्दै अर्को चरणमा पुगेको हो । यसै समूहको अर्को खेलमा स्कटल्यान्डलाई ३–० ले पराजित गरेको ब्राजिल शीर्ष स्थानमा रह्यो ।

३ खेलबाट ७ अंक जोडेको मोरक्को समूहको उपविजेता बनेको हो । समान अंक भए पनि गोल अन्तरको आधारमा ब्राजिल शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ६ : १८ बजे

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको