भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका « Khabarhub

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको क्यारेबियन तटीय क्षेत्रमा बुधबार साँझ ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्प ४० सेकेण्डको अन्तरमा गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यस भूकम्पको केन्द्रबिन्दु भेनेजुएलाको केन्द्रीय क्षेत्रमा पर्ने काराबोबो राज्यको मोन्टालबान नगरपालिकामा रहेको छ । यो क्षेत्र काराकासबाट झण्डै ३०० किलोमिटर पूर्वमा पर्छ।

पृथ्वीको सतहबाट १३.२ किलोमिटरको गहिराइमा मात्र गएकाले यसलाई कम गहिराइको भूकम्प मानिएको छ। यस शक्तिशाली भूकम्पका कारण के कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन ।

भूकम्पका कारण राजधानी काराकासमा दर्जनौँ भवन र घरहरू भत्किएका छन् भने कयौँ मानिसहरू भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा संकटकाल घोषणा गर्दै नागरिकहरूलाई संयम रहन र क्षतिग्रस्त भवनहरू खाली गर्न अपिल गरेकी छिन्।

गृह मन्त्री डियोस्डाडो काबेलोले राजधानीका चकाओ, अल्तामिरा र लस पालोस ग्रान्डेस क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको र त्यहाँ ठूलो संख्यामा उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन्। भूकम्पपछि सम्भावित विष्फोट रोक्न सरकारले सहरका धेरै क्षेत्रमा ग्यास आपूर्ति बन्द गरेको छ।

यस्तै काराकासको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि सबै उडानहरू रद्द गरिएका छन् भने मेट्रो र रेल सेवा पनि ठप्प पारिएको छ।

भूकम्प लगत्तै हजारौँ मानिस सडकमा जम्मा भएका थिए । भूकम्पको धक्का छिमेकी देश कोलम्बिया र ब्राजिलसम्म पनि महसुस गरिएको थियो।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ७ : ४६ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत