दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा « Khabarhub

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ ।

एस्टाडियो मोन्टेरे स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा जित निकालेसँगै दक्षिण अफ्रिका समूहको उपविजेता बन्न सफल भयो ।

खेल सकिएलगत्तै दक्षिण अफ्रिकी खेलाडी र समर्थक मैदानमा निकै उत्साहका साथ खुसीयालीमा झुमेका थिए ।

यस समूहबाट मेक्सिकोले यसअघि नै लगातार जित निकाल्दै समूह विजेताका रूपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । अर्को खेलमा मेक्सिकोले मेक्सिको सिटी स्टेडियममा चेक गणतन्त्रको सामना गरेको थियो । मेक्सिको शीर्ष स्थानमा रहे पनि समूहको दोस्रो स्थान (उपविजेता) का लागि बाँकी टोलीबीच निकै प्रतिस्पर्धात्मक भिडन्त भएको थियो । यो खेलमा दक्षिण कोरियालाई पन्छाउँदै दक्षिण अफ्रिकाले बाजी मारेको हो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ९ : ०७ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द