मेक्सिको समूह विजेता बन्दै नकआउट चरणमा « Khabarhub

मेक्सिको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिकोले चेक गणतन्त्रलाई ३-० ले हरायो


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह ‘ए’ मा आफ्नो बलियो वर्चस्व कायम राख्दै शतप्रतिशत जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रलाई ३–० को सहज अन्तरले पराजित गर्दै मेक्सिकोले ऐतिहासिक कीर्तिमान रचेको हो ।

विश्वकप इतिहासमा मेक्सिकोले समूह चरणका तीनवटै खेल जितेर ९ अंक बनाएको यो पहिलो पटक हो । यसका साथै समूह चरणका कुनै पनि खेलमा गोल नखाई अर्को चरण पुगेको मेक्सिकोको यो दोस्रो कीर्तिमान हो । यसअघि सन् १९७० मा आयोजककै रूपमा मेक्सिकोले समूह चरणमा कुनै गोल खाएको थिएन ।

खेलका क्रममा अल्भारो फिडाल्गोले १८ यार्ड बाहिरबाट प्रहार गरेको उत्कृष्ट बलले टप कर्नरको दिशा लिँदा रंगशालामा उपस्थित मेक्सिकन समर्थक र खेलाडी उत्सवमा झुमेका थिए । समूह विजेता बनेको मेक्सिकोले अब अन्तिम ३२ मा खेल्नेछ ।

चेक गणतन्त्रका कप्तान सुचेक स्ट्रचेरमा बाहिरिए
चेक गणतन्त्रका लागि खेलको नतिजा मात्र होइन, आफ्ना मुख्य खेलाडीको चोट पनि निकै महँगो साबित भयो । मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआको प्रहारलाई ब्लक गर्ने प्रयासमा ३१ वर्षीय कप्तान तथा वेस्ट ह्यामका मिडफिल्डर टोमास सुचेक मैदानमा नराम्ररी बजारिएका थिए । चोट गम्भीर भएपछि उनलाई मैदानबाटै स्ट्रेचरमा राखेर बाहिर लगिएको थियो । उनी चोटका कारण प्रतियोगिताबाटै बाहिरिएका छन् ।

समूह ‘ए’ को अन्तिम समीकरण
यो समूहबाट मेक्सिको शीर्ष स्थानमा रहँदै र दक्षिण अफ्रिका दोस्रो स्थान (उपविजेता) बन्दै नकआउट चरणमा पुगिसकेका छन् । मेक्सिको र दक्षिण अफ्रिकामा उत्सवको माहौल रहँदा पराजित चेक गणतन्त्र र दक्षिण कोरियाको भाग्य भने अन्य समूहको नतिजामा निर्भर रहनेछ । दक्षिण कोरियाले अब उत्कृष्ट तेस्रो हुने चार टोलीभित्र पर्दै अघिल्लो चरण पुग्ने झिनो आशा जीवितै राखेको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ९ : ३२ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द