भेनेजुएला भूकम्प: ३२ जनाको मृत्यु, ७०० घाइते « Khabarhub

भेनेजुएला भूकम्प: ३२ जनाको मृत्यु, ७०० घाइते

मृतकको संख्या बढ्दै, राजधानीमा विद्युत् र मेट्रो सेवा ठप्प


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काराकास – भेनेजुएलामा गएको शक्तिशाली र विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पहिलो पटक आधिकारिक विवरण सार्वजनिक गर्दै भूकम्पमा परी अन्य ७०० भन्दा बढी मानिस घाइते भएको पुष्टि गरेकी छन्।

एकपछि अर्को गरी केही सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा ठूला भूकम्पका कारण राजधानी काराकास र आसपासका क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने यस विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १० हजारदेखि १ लाखभन्दा माथिसम्म पुग्न सक्ने उच्च जोखिम रहेको प्रारम्भिक प्रक्षेपण गरेको छ।

राजधानी काराकासमा भत्किएका भवनका भग्नावशेष खनेर जीवितै रहेकाको खोजी कार्य तीव्र पारिएको छ। भग्नावशेषभित्र पुरिएका मानिसले उद्धारका लागि गुहार मागिरहेको आवाज सुनिएको उद्धारकर्मीले बताएका छन्।

भूकम्पका कारण राजधानी काराकासका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने भूमिगत रेल सेवा पूर्ण रूपमा बन्द गरिएको छ। स्थानीय समयअनुसार बुधबार राष्ट्रिय बिदाको दिन भूकम्प गएका कारण धेरैजसो मानिस घरभित्रै रहेकाले पनि क्षति बढेको अनुमान गरिएको छ। यस भूकम्पको कडा धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ११ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र