भेनेजुएला भूकम्प: ३२ जनाको मृत्यु, ७०० घाइते « Khabarhub

भेनेजुएला भूकम्प: ३२ जनाको मृत्यु, ७०० घाइते

मृतकको संख्या बढ्दै, राजधानीमा विद्युत् र मेट्रो सेवा ठप्प


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काराकास – भेनेजुएलामा गएको शक्तिशाली र विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पहिलो पटक आधिकारिक विवरण सार्वजनिक गर्दै भूकम्पमा परी अन्य ७०० भन्दा बढी मानिस घाइते भएको पुष्टि गरेकी छन्।

एकपछि अर्को गरी केही सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा ठूला भूकम्पका कारण राजधानी काराकास र आसपासका क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने यस विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १० हजारदेखि १ लाखभन्दा माथिसम्म पुग्न सक्ने उच्च जोखिम रहेको प्रारम्भिक प्रक्षेपण गरेको छ।

राजधानी काराकासमा भत्किएका भवनका भग्नावशेष खनेर जीवितै रहेकाको खोजी कार्य तीव्र पारिएको छ। भग्नावशेषभित्र पुरिएका मानिसले उद्धारका लागि गुहार मागिरहेको आवाज सुनिएको उद्धारकर्मीले बताएका छन्।

भूकम्पका कारण राजधानी काराकासका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने भूमिगत रेल सेवा पूर्ण रूपमा बन्द गरिएको छ। स्थानीय समयअनुसार बुधबार राष्ट्रिय बिदाको दिन भूकम्प गएका कारण धेरैजसो मानिस घरभित्रै रहेकाले पनि क्षति बढेको अनुमान गरिएको छ। यस भूकम्पको कडा धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ११ : २८ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स