म्याग्दीको मुनामा पक्की नाला निर्माण « Khabarhub

म्याग्दीको मुनामा पक्की नाला निर्माण


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा धौलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण गरेको हो । मुनामा हाल धौलागिरि गाउँपालिकाको केन्द्र रहेको छ ।

भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ती रहेको मुनाका घरहरुबाट निस्कने फोहर पानी र बर्खा याममा बग्ने पानीको सुरक्षित तथा व्यवस्थित निकासका लागि पक्की नाला निर्माण गरिएको धौलागिरि–३ का वडाध्यक्ष देवेन्द्र रोकाले बताए ।

‘बर्खामा पाखामा बग्ने पानीले गाउँलाई असुरक्षित र घरबाट निस्कने ढलका कारण फोहर व्यवस्थापनमा चुनौती थियो’, उनले भने, ‘मुना गाउँलाई सफा र सुरक्षित बनाउने उद्देश्यले पक्की नाला निर्माण गरिएको हो ।’

मुनामा करिब ३०० घरपरिवारको बसोबास रहेको छ । उक्त योजना निर्माणका लागि गत माघ २५ गते निर्माण कम्पनीले ६० लाख ७८ हजार ७४७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

योजनामार्फत ९८९ मिटर लामो पक्की नहर निर्माण भएको वडाध्यक्ष रोकाले जानकारी दिए । यही असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यअघिनै सम्पन्न भएको उनको भनाइ छ ।

स्थानीयवासी नन्दप्रसाद पुनले पक्की नाला बनेपछि बस्ती सुरक्षित र सुन्दर भएको बताउनुभयो । घरभित्र बाढी पस्ने र फोहर हुने समस्या हटेको अर्का स्थानीयवासी मुमबहादुर पुनले बताए ।

यस वर्ष धौलागिरि गाउँपालिकाको गुर्जाका साथै वडा नम्बर १ को गुर्जामा पनि ढल व्यवस्थापन योजना निर्माण भएको छ । गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामार्फत २२ लाख ९९ हजारको लागतमा २६० मिटर पक्की नाला निर्माण भएको छ ।

गत वर्ष वडा नम्बर ४ मुदीमा ढल व्यवस्थापन आयोजना सञ्चालन भएको थियो । सङ्घीय विशेष अनुदानको बजेटबाट मुदीमा ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरी ४०० मिटर पक्की नहर निर्माण भएको थियो ।

आगामी वर्ष वडा नम्बर ७ ताकममा ढल व्यवस्थापनका लागि सङ्घीय सरकारबाट प्राप्त भएको एक करोड बजेट विनियोजन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ११ : ३४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र