म्याग्दीको मुनामा पक्की नाला निर्माण « Khabarhub

म्याग्दीको मुनामा पक्की नाला निर्माण


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा धौलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण गरेको हो । मुनामा हाल धौलागिरि गाउँपालिकाको केन्द्र रहेको छ ।

भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ती रहेको मुनाका घरहरुबाट निस्कने फोहर पानी र बर्खा याममा बग्ने पानीको सुरक्षित तथा व्यवस्थित निकासका लागि पक्की नाला निर्माण गरिएको धौलागिरि–३ का वडाध्यक्ष देवेन्द्र रोकाले बताए ।

‘बर्खामा पाखामा बग्ने पानीले गाउँलाई असुरक्षित र घरबाट निस्कने ढलका कारण फोहर व्यवस्थापनमा चुनौती थियो’, उनले भने, ‘मुना गाउँलाई सफा र सुरक्षित बनाउने उद्देश्यले पक्की नाला निर्माण गरिएको हो ।’

मुनामा करिब ३०० घरपरिवारको बसोबास रहेको छ । उक्त योजना निर्माणका लागि गत माघ २५ गते निर्माण कम्पनीले ६० लाख ७८ हजार ७४७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

योजनामार्फत ९८९ मिटर लामो पक्की नहर निर्माण भएको वडाध्यक्ष रोकाले जानकारी दिए । यही असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यअघिनै सम्पन्न भएको उनको भनाइ छ ।

स्थानीयवासी नन्दप्रसाद पुनले पक्की नाला बनेपछि बस्ती सुरक्षित र सुन्दर भएको बताउनुभयो । घरभित्र बाढी पस्ने र फोहर हुने समस्या हटेको अर्का स्थानीयवासी मुमबहादुर पुनले बताए ।

यस वर्ष धौलागिरि गाउँपालिकाको गुर्जाका साथै वडा नम्बर १ को गुर्जामा पनि ढल व्यवस्थापन योजना निर्माण भएको छ । गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामार्फत २२ लाख ९९ हजारको लागतमा २६० मिटर पक्की नाला निर्माण भएको छ ।

गत वर्ष वडा नम्बर ४ मुदीमा ढल व्यवस्थापन आयोजना सञ्चालन भएको थियो । सङ्घीय विशेष अनुदानको बजेटबाट मुदीमा ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरी ४०० मिटर पक्की नहर निर्माण भएको थियो ।

आगामी वर्ष वडा नम्बर ७ ताकममा ढल व्यवस्थापनका लागि सङ्घीय सरकारबाट प्राप्त भएको एक करोड बजेट विनियोजन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ११ : ३४ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि