अर्जेन्टिनामा ठडियो मेस्सीको ८५ फिट अग्लो प्रतिमा, भारतको पश्चिम बंगलमा हटाइएको मूर्तिभन्दा पनि ठूलो « Khabarhub

अर्जेन्टिनामा ठडियो मेस्सीको ८५ फिट अग्लो प्रतिमा, भारतको पश्चिम बंगलमा हटाइएको मूर्तिभन्दा पनि ठूलो


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाको पाटागोनिया क्षेत्रस्थित कट्राल को सहरमा ८५ फिट (२६ मिटर) अग्लो विशाल प्रतिमा अनावरण गरिएको छ। यो हालसम्म निर्माण गरिएको मेसीको सबैभन्दा ठूलो प्रतिमा पनि हो।

बुधबार ३९ वर्ष पुगेका मेसीले विश्वकपमा थप इतिहास रचेको केही दिनपछि उक्त प्रतिमा सार्वजनिक गरिएको हो। स्थानीय कलाकार आल्डो बेरोइसा नेतृत्वको टोलीले १८ महिनाको मिहिनेतपछि बनाएको प्रतिमामा करिब ७० टन स्टिल प्रयोग गरिएको छ।

प्रतिमाले सन् २०२२ को कतार विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराएर विश्वविजेता बनेपछि मेसीले घुँडा टेकेर गरेको प्रसिद्ध उत्सवको दृश्यलाई चित्रण गरेको छ।

प्रतिमामा मेसीले एक हातले अर्जेन्टिनाको जर्सी समातेर अर्को हातले आकाशतर्फ औँला देखाएको मुद्रा समावेश गरिएको छ, जुन उनले प्रायः गोल गरेपछि आफ्नो दिवंगत हजुरआमाको सम्झनामा गर्ने गर्थे।

कट्राल को तेल उत्पादनका लागि परिचित सानो शहर भए पनि प्रतिमा उद्घाटनपछि यहाँ पर्यटक तथा फुटबल समर्थकको आगमन बढेको छ।

यसअघि गत डिसेम्बरमा भारतको पश्चिम बंगाल राज्यको कोलकातामा मेसीको ७० फिट (२१.३ मिटर) अग्लो प्रतिमा निर्माण गरिएको थियो।

त्यसबेला यसलाई विश्वकै सबैभन्दा ठूलो फुटबल खेलाडीको प्रतिमा भनिएको थियो। तर, प्रतिमा हावा चल्दा हल्लिन थालेपछि स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै हटाउने निर्णय गरेको थियो।

यता अर्जेन्टिनामा मेसीप्रतिको सम्मान भने प्रतिमामै सीमित छैन। राजधानी ब्युनस आयर्यस नजिकैको एक क्षेत्रमा मेसीको विशाल भित्तेचित्र पनि तयार गरिएको छ। करिब १,३०० समर्थकले आफ्नो नाम लेखेर उक्त कलाकृतिमा सहभागिता जनाएका छन्।

कलाकार लियोनेल गार्सियाले १८ दिन लगाएर तयार पारेको उक्त भित्तेचित्रले मेसीले अर्जेन्टिनी समाजलाई एकताबद्ध बनाउने प्रतीकका रूपमा काम गरेको बताएका छन्। मेस्सीले पनि भिडियो सन्देशमार्फत समर्थक र कलाकारलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ४ : ३६ बजे

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र