जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ « Khabarhub

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६ जना लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उपत्यकाबाट १६९, कोशी प्रदेशबाट २१२, मधेस प्रदेशबाट ७३, बागमती प्रदेशबाट १३७, गण्डकी प्रदेशबाट ४६, लुम्बिनी प्रदेशबाट १८२, कर्णाली प्रदेशबाट ५२, सुदूरपश्चिम प्रदेशबाट ११५ तथा लागूऔषध नियन्त्रण ब्यूरोले ५० जना पक्राउ गरेको हो ।

सो अवधिमा प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध बरामद गरेको छ । लागूऔषध कारोबारलगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरीले प्रभावकारी रूपमा कदम चाल्दै आएको  छ । 

यस्तै, प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले १७, काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ३२६, कोशी प्रदेशबाट  ३०५, मधेस प्रदेशबाट ५३९, बागमती प्रदेशबाट ३६०, गण्डकी प्रदेशबाट १३२, लुम्बिनी प्रदेशबाट ३२०, कर्णाली प्रदेशबाट ६३ तथा सुदूरपश्चिम प्रदेशबाट १२० जना पक्राउ परेका थिए ।

कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैङ्किङ कसुर, ठगीलगायतका मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
 

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ६ : ४३ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,