रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता « Khabarhub

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन हुँदैछ । केहीबेर अघि केन्द्रीय सदस्य पदको मतपरिणाम घोषणा भएसँगै पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

अहिलेसम्म महामन्त्री पदका लागि ८ जना नेताले उम्मेदवारी घोषणा गरेका छन्।

परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली र मनिष झा, रञ्जु दर्शना, प्रमोद न्यौपाने र सागर ढकालले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रास्वपाको विधानअनुसार सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र कोषाध्यक्ष पदका लागि निर्वाचन हुने व्यवस्था छ।

महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमध्येबाट पदाधिकारी चयन गर्ने प्रावधान छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ११ : १० बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ