रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी « Khabarhub

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३० भन्दा बढी आकांक्षी देखिएका छन्।

पार्टीको पहिलो महाधिवेशनमा पदाधिकारीमा हुन लागेको छ जनाको निर्वाचनमा ३० जना भन्दा बढी आकांक्षी देखिएका हुन्। रास्वपाको सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका छन् । त्यस्तै वरिष्ठ नेतामा बालेन शाहको पनि टुंगो लागिसकेको छ ।

अन्य पदाधिकारीको भने आज निर्वाचन हुँदैछ । उपसभापतिका लागि डा स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, गणेश पराजुली लगायतका आकांक्षा देखिन्छन्।

महिला उपसभापतिका लागि लीमा अधिकारी, तोशीमा कार्की, सोबिता गौतम, समीक्षा बास्कोटा, इन्दिरा राना मगरले उम्मेदवारी घोषणा गरेका छन् ।

महामन्त्रीका लागि अझै बढी आकांक्षी नेताहरू छन्। महामन्त्रीमा रन्जु दर्शना, शिशिर खनाल, विपिन आचार्य, कविन्द्र बुर्लाकोटी, सागर ढकाल, प्रमोद न्यौपाने लगायतका नेताहरू छन्।

सहममन्त्रीमा पनि धेरै जना नेताहरुले आकांक्षा राखेको देखिन्छ। तीनजना सहममन्त्रीका लागि निशा डाँगी, दीपक बोहरा, यज्ञमणि न्यौपाने, पुकार बम रिमा विश्वकर्मा, टीका संग्रौला, खगेन्द्र सुनुवार, प्रकाश चन्द्र परियार, असिम शाह, अंकित यादव लगायतका नेताहरूले उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टी नेतृत्व रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले अहिले सर्वसम्मतिका लागि विभिन्न विकल्प गर्न खोजे पनि पदाधिकारीमा सहमतिको अवस्था देखिँदैन।
सहमतिका लागि रवि–बालेनबीच छलफ भइरहेको नेताहरूले बताएका छन् ।

रवि चितवननै छन् भने बालेन भने मंगलबार काठमाडौँ फर्किसकेका छन् । बालेन समूह फागुन २१ को निर्वाचनअघि मात्रै रास्वपामा जोडिएको हो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ११ : ५३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,