भारतस्थित प्यालेस्टाइनी दूतावासद्वारा आपतकालीन चिकित्सा सहयोगको अपिल « Khabarhub

भारतस्थित प्यालेस्टाइनी दूतावासद्वारा आपतकालीन चिकित्सा सहयोगको अपिल


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा रहेको प्यालेस्टाइनको दूतावासले प्यालेस्टाइनी क्षेत्रमा स्वास्थ्य क्षेत्र पूर्ण रूपमा ध्वस्त हुने अवस्थामा पुगेको भन्दै तत्काल चिकित्सा सहायताका लागि अन्तर्राष्ट्रिय समुदाय र भारतसँग आपतकालीन अपिल गरेको छ । इजरायलद्वारा जारी सैन्य आक्रमण, चिकित्सा पूर्वाधारको विनाश, मानवीय सहायतामा लगाइएको कडा प्रतिबन्ध र आर्थिक नाकाबन्दीका कारण ओगटिएको प्यालेस्टाइनी क्षेत्रको स्वास्थ्य प्रणाली संकटमा परेको दूतावासले शुक्रबार जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले यस घडीलाई हजारौँ निर्दोष नागरिकको ज्यान जोगाउने अन्तिम मौकाका रूपमा चित्रण गरेको छ। भारतीय जनता र भारत सरकारको न्याय, मानवीय मूल्य र उत्पीडित जनताप्रतिको ऐतिहासिक प्रतिबद्धतालाई स्मरण गर्दै दूतावासले ‘अहिले नभए कहिले र भारतले नभए कसले ?’ भन्दै भावुक अपिल गरेको छ। हरेक नागरिकको जीवन महत्त्वपूर्ण हुने भन्दै प्यालेस्टाइनी जनताले अझै पनि मानवता र भारतको साथतर्फ आशावादी नजरले हेरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

विशेष गरी, दूतावासले भारत सरकारको ‘आरोग्य मैत्री’ मानवीय पहल अन्तर्गत चिकित्सा सहायता उपलब्ध गराउन आग्रह गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको यस परियोजना अन्तर्गत प्राकृतिक विपद् वा मानवीय संकटबाट प्रभावित जुनसुकै विकासोन्मुख देशलाई भारतले आवश्यक चिकित्सा सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। प्यालेस्टाइनले सोही प्रतिबद्धता अनुरूप सहयोगको अपेक्षा गरेको हो।

विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई उद्धृत गर्दै दूतावासले गाजा क्षेत्रमा ३६ मध्ये केवल १९ वटा अस्पताल मात्रै आंशिक रूपमा सञ्चालनमा रहेको जानकारी दिएको छ। लामो समयदेखि जारी युद्धका कारण त्यहाँका अस्पतालहरूमा औषधि, उपकरण, डायलासिस सामग्री, रगत र जेनरेटर चलाउने इन्धनको चरम अभाव भएको छ। विश्व स्वास्थ्य संगठनले समेत गाजाको स्वास्थ्य प्रणाली धान्नै नसक्ने गरी भत्किसकेको चेतावनी दिएको सन्दर्भमा प्यालेस्टाइनी दूतावासले यो कूटनीतिक पहल अघि बढाएको हो।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ५ : २२ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल