उफ् ! फिल्म पनि कति फ्लप भएका ? « Khabarhub

उफ् ! फिल्म पनि कति फ्लप भएका ?


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम, अभिनयमा पोख्त, डिमान्डेन्ड, क्रेज भएका र डेट नभएका सबै हिरोहरूको फिल्मको व्यापार पनि करोड कट्दैन ।

हुन त फिल्म बढी जोखिमयुक्त क्षेत्र नै हो । फिल्ममा लगानी फस्ने जोखिम ९० प्रतिशतभन्दा बढी हुन्छ । तथापि, अग्रणी नायक–नायिकाको फिल्म लगातार फ्लप हुनुलाई अहिले स्वाभाविक मान्न सकिँदैन । त्यही अस्वाभाविक व्यावसायिक अवस्था नेपाली फिल्म क्षेत्रले भोगिरहेको छ ।

सहज प्रचार, अभिनय क्षमता र दर्शकले सहज हलमा तान्ने ल्याकतका कारण महँगो पारिश्रमिक पाउने कलाकारको फिल्म नचल्नु सामान्य होइन । केही हिरोले लिने पारिश्रमिकभन्दा फिल्मको ग्रस कलेक्सन कम छ ।

औसतमा एउटा फिल्म साढे २ करोड लगानीमा बन्छ। तर, स्टार नायककै फिल्मले १ करोडभन्दा कम व्यापार गरेको पाइन्छ ।

०८३ सालको सुरुवाती तीन महिना वैशाख, जेठ र असारमा गरी १४ वटा फिल्म प्रदर्शनमा आएका छन् । यी सबै फिल्मको ग्रस कलेक्सन जोड्ने हो भने २० करोड पनि पुग्दैन । जबकि यो आँकडा ब्ल्कबस्टर फिल्मले घरेलु बजारमै सहज पूरा गर्छ ।

यो अवधिको सबैभन्दा हिट फिल्म ‘लालीबजार’ हो । नायिका स्वस्तिमा खड्का स्टारर यस फिल्मले ९ करोड ३२ ग्रस कलेक्स गरेको छ ।

यसबाहेक करोडमा व्यापार गर्ने तीनवटा फिल्म छन् । ‘परालको आगो‘ले ४ करोड २८ लाख, ‘रोल नं १’ले १ करोड ७८ लाख र ‘मितज्यू’ १ करोड ३२ लाग ग्रस कलेक्सन गरेका छन् ।

‘मितज्यू’ नायक दयाहाङ राई र सौगात मल्ल हुन् ।

बाँकी ९ फिल्मले लाखमा व्यापार गरेका छन् । एक फिल्म भाग दौडले त एक लाखभन्दा कम ग्रस कलेक्सन गरेको छ ।

भागदौड : ९२ लाख

पहाड : ६३ हजार ९३ हजार

मालती मंगले : ५१ लाख ६३ हजार

काजी : ४४ हजार ४६ हजार

लाइफ ड्यामेज : ३४ लाख ६६ हजार

आई एम जितबहादुर : ३१ लाख ७ हजार

गुरूआमा : २९ लाख ४२ हजार

एक मुठ्ठी बादल : ५ लाख २१ हजार

कुम्भ : ४ लाख २५ हजार

जाँड : १ लाख २६ हजार

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १ : ०५ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको