काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै « Khabarhub

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडीबी) को ४६ अर्ब ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ ।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । आयोजना पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजित छ । पूर्वी खण्डमा काँकरभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर तथा पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक पर्छ ।

आयोजनाको पछिल्लो विवरणअनुसार पहिलो प्याकेज (काँकरभिट्टा–सीतापुरी)को भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ । दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ)को प्रगति ४२ प्रतिशत तथा तेस्रो प्याकेज (गोठगाउँ–लबीपुर)को भौतिक प्रगति १९ प्रतिशत रहेको छ । काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा १६.५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ । मौसमले साथ दिए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्र गर्ने लक्ष्य राखिएको छ भने एक सातामा करिब सात किलोमिटर सडक कालोपत्र गर्न सकिने उनको भनाइ छ ।

प्रमुख पन्तका अनुसार निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको छ । वर्षायामका कारण केही अवरोध भए पनि निर्माणकार्यलाई निरन्तरता दिइएको उनले बताए । २०८० साल माघदेखि निर्माण सुरु भएको काँकरभिट्टा–लौकही सडक आयोजना २०८३ साल माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल सडकको बीच भागमा तीन मिटर चौडाइको डिभाइडर निर्माण गर्दै दुवैतर्फ सडक विस्तारको काम एकसाथ भइरहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : १८ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ