विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल « Khabarhub

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा पराजित नेपालले सोमबार तेस्रो खेल खेल्दैछ ।

दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो । नेपाल र नामिबियाको खेल सोमबार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना निकै सकसपूर्ण बनेको छ।

पहिलो खेलमा नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा भएको खेलमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा देखिएको थियो। जेजे स्मिथको घातक बलिङसामु नेपाली ब्याटर क्रिजमा टिक्न सकेनन्। नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७ ओभर चार बलमा मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो ।

दोस्रो खेलमा नेदरल्यान्ड्ससँग नेपाल ६ विकेले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको समान १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३५ ओभरको समाप्तिमा चार विकेट गुमाएर पूरा गरेको थियो । सुरुवातका दुई खेलमा पराजित भएको नेपाल तेस्रो खेल जित्नै पर्ने दबाबमा छ ।

नेपालसमेत सहभागी शृङ्खलामा आयोजक नेदरल्यान्ड्सको दोस्रो जित निकालेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको नेदरल्यान्ड्सले शनिबार भएको खेलमा नामिबियालाई ५८ रनले हराएको हो । यो जितसँगै नेदरल्यान्ड्सले ३० खेल खेल्दा ३६ अंक जोड्दै आफूलाई तेस्रो स्थानमा बलियो बनाएको छ । समान खेल खेलेको नेपाल र नामिबिया समान २४ अंकसहित पाँचौ र छैटौं स्थानमा छन्।

लगातार दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेल सोमबार नामिबिया र चौथो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ । सिधै विश्वकपमा छनोट हुन नेपालले आगामी सबै खेल जित्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : २१ बजे

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।