फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित « Khabarhub

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

तीव्र हावा र अत्यधिक तापक्रमका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् ।

फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको डढेलो बोर्डो शहरतर्फ बढिरहेको छ। डढेलो शहरतर्फ बढेसँगै बोरदोको पश्चिममा रहेका सात वटा शहरका बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको छ ।

हावाको तीव्र गतिका कारण फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा फैलिएको डढेलो बोर्डो शहरतर्फ अघि बढेको बीबीसीले जनाएको छ । डढेलो शहरतर्फ बढेसँगै बोर्डोको पश्चिममा रहेका सात वटा शहरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

फ्रान्समा शनिबार अबेर थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको थियो ।

फ्रान्सका अधिकारीहरूले डढेलो अझै नियन्त्रणबाहिर रहेको जनाउँदै बोर्डोबाट करिब ४० देखि ५० किलोमिटर टाढासम्म आगो फैलिएको बताएका छन् । धुवाँ शहरसम्म पुगेपछि बासिन्दाले हावामा तीव्र धुवाँको गन्ध महसुस गरेका छन्।

डढेलो नियन्त्रणका लागि फ्रान्सले सेना परिचालन गरेको छ भने झाडी फाँड्ने र आगो फैलिन नदिन अवरोध निर्माण गर्ने कार्य भइरहेको छ ।

फ्रान्समा सन् २०२६ को शुरूदेखि हालसम्म ९८ हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोले नष्ट गरिसकेको जनाइएको छ।

उता, संकटकाल घोषणा गरिएको स्पेनमा भने म्याड्रिड र अभिला क्षेत्रमा मात्रै करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । २८ हजारभन्दा बढी अझै घरभित्रै बस्न बाध्य छन् । स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले समय जटिल रहेको स्वीकार गरे ।

उनका अनुसार यस वर्ष स्पेनमा हालसम्म एक लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेको छ, जुन पछिल्लो दशकको वार्षिक औसत एक लाख हेक्टरभन्दा बढी हो ।

यसैबीच, भ्यालेन्सियाका अधिकारीहरूले डढेलोमा परेर एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार करिब ७० वर्षका ती पुरुष मानिसेसको साल्ट दे लुआइगुआ खोंचमा दमकलकर्मीहरूले आगो निभाउने क्रममा आफ्नै कारभित्र मृत भेटिएका थिए।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ९ : १८ बजे

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका