मोहम्मद सालाह टर्की जाने तयारीमा « Khabarhub

मोहम्मद सालाह टर्की जाने तयारीमा


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब बेसिग्तास आबद्ध हुने नजिक पुगेका छन्। इटालियन ट्रान्सफर पत्रकार निकोलो सिराका अनुसार दुवै पक्षबीच थप एक वर्ष विस्तार गर्न सकिने विकल्पसहित १२ महिनाको सम्झौतामा सिद्धान्ततः सहमति जुटेको छ। लिभरपुलमा ९ वर्ष बिताएर गत महिना टोलीबाट अलग्गिएका ३४ वर्षीय इजिप्टियन फरवार्डलाई टोलीमा भित्र्याउन बेसिग्तासका मुख्य प्रशिक्षक भिनचेन्जो इटालियानोले विशेष पहल गरिरहेका छन्।

यसैगरी, एट्लेटिको म्याड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले क्लब छाड्ने निर्णय गरेमा उनलाई टोलीमा भित्र्याउन सक्ने सम्भावित क्लबका रूपमा आर्सनल अगाडि देखिएको छ। स्पेनिस सञ्चारमाध्यम कादेना सेरका अनुसार एट्लेटिको आफ्ना घरेलु प्रतिद्वन्द्वी बार्सिलोनालाई बलियो बनाउन चाहँदैन। त्यसैले उसले बार्सिलोनालाई अल्भारेज बेच्ने छैन। यद्यपि, आर्सनलसँगको सम्झौतामा भिक्टर ग्योकेरेसलाई समावेश गराउन सकिने परिस्थिति बनेमा एट्लेटिको वार्ताका लागि तयार हुने बताइएको छ। एट्लेटिकोले टोलीबाट खेलाडी बाहिरिनुअघि नयाँ खेलाडी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेको छ।

उता, जर्मन क्लब आरबी लाइपजिगका प्रभावशाली फरवार्ड यान जिओमान्देका लागि रियल म्याड्रिडले पेस गरेको १०० मिलियन युरोको प्रस्ताव अस्वीकृत भएको छ। स्काई जर्मनीका अनुसार ९० मिलियन युरो नगद र १० मिलियन युरो ‘एड-अन’सहितको यो प्रस्ताव लिभरपुलको अघिल्लो प्रस्तावसरह भए पनि लाइपजिगको मूल्याङ्कनभन्दा कम रहेको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १० : ४६ बजे

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै