भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा « Khabarhub

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न आल्मुनियम फोइलको प्रयोग सामान्य मानिन्छ। तर, खाद्य सुरक्षा विज्ञका अनुसार सबै प्रकारका खानेकुरा आल्मुनियम फोइलमा बेरेर राख्नु स्वास्थ्यका दृष्टिकोणले सुरक्षित हुँदैन।

केही खानेकुरा आल्मुनियम फोइलमा राख्दा रासायनिक प्रतिक्रिया भई धातुका साना अंश खानामा मिसिन सक्छन् भने कतिपय अवस्थामा जीवाणुको सङ्क्रमण तीव्र हुने जोखिम रहन्छ।

विज्ञका अनुसार आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने सात खानेकुरा र तिनको सुरक्षित विकल्प निम्न छन्:

तातो खानेकुरा
पाकेलगत्तैको तातो खाना आल्मुनियम फोइलमा बेरेर राख्दा हावा छिर्न पाउँदैन। फोइलले हावा नछिर्ने सिल नबनाउने भएकाले भित्र बाफ जम्मा भई ओसिलो वातावरण बन्छ। यसले सामान्य तापक्रममा ब्याक्टेरिया छिटो फैलिन मद्दत गर्छ।

खानालाई अलिकति चिसो हुन दिने र हावा नछिर्ने सिसा वा प्लाष्टिकको बट्टामा राखेर फ्रिजमा भण्डारण गर्ने।

अमिला खानेकुरा वा गोलभेडा
गोलभेडा वा गोलभेडाबाट बनेका ससमा अमिलोपना (एसिड) बढी हुन्छ। एसिडले आल्मुनियमसँग रासायनिक प्रतिक्रिया गर्छ, जसका कारण धातुका सूक्ष्म कण खानामा पस्न सक्छन्। यसले खानाको स्वाद बिगार्नुका साथै स्वास्थ्यमा हानि पुर्‍याउँछ।

कागती तथा अमिला फलफूल
कागती, सुन्तला, ज्यामिरजस्ता फलफूल काटेर आल्मुनियम फोइलमा बेर्दा रासायनिक प्रतिक्रिया हुन्छ। यसले फोइलमा काला दाग बनाउँछ र फलफूलको प्राकृतिक स्वाद पनि बिगार्छ। काटेका फलफूल सिसाको बट्टामा राख्ने वा तुरुन्तै उपभोग गर्ने।

धेरै नुनिला खानेकुरा
नुनको मात्रा बढी भएका सुकुटी, अचार, नुनिलो माछा वा बढी मसलादार खानाले फोइललाई चाँडै खियाउँछ । यसले फोइलमा साना प्वाल पारेर धातु खानामा मिसिने जोखिम बढाउँछ।

चिज
चिजलाई लामो समयसम्म ताजा राख्न हल्का हावाको आउजाउ आवश्यक पर्छ। फोइलमा कडासँग बेर्दा ओस थुनिएर चिजमा ढुसी लाग्ने वा चाँडै बिग्रिने सम्भावना हुन्छ।

भिनेगर युक्त खानेकुरा
सिरका प्रयोग गरेर बनाइएका अचार, म्यारिनेट गरिएका प्याज वा सलादहरू अत्यधिक अमिला हुन्छन्। यी खानेकुरा फोइलमा राख्दा यसको प्याकेजिङ बिग्रिनुका साथै स्वादमा पनि परिवर्तन आउँछ।

तारेको आलु
पाकेको आलुलाई तातो राखिराख्न फोइलमा बेरेर छाड्दा कम अक्सिजन भएको वातावरण बन्छ। यदि आलु लामो समयसम्म बाहिरै रह्यो भने ‘क्लोस्ट्रिडियम बोटुलिनम’ नामका हानिकारक ब्याक्टेरिया हुर्कन सक्छन्।

पाकेको आलु तुरुन्तै खाने वा ६० डिग्री सेल्सियसभन्दा बढी तातोमा राख्ने; अथवा चाँडै सिसाको बट्टामा राखेर फ्रिज गर्ने।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ११ : ३७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००