‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित « Khabarhub

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ । आँधीका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएको छ ।

चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार ‘नाउल’ आइतबार बिहान ३ः५० बजे दक्षिणी ग्वाङडोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोक्किएको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यो वर्ष चीनमा ठोक्किएको सबैभन्दा शक्तिशाली टाइफुन हो ।

हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्रनजिक अधिकतम हावाको गति प्रतिघण्टा ११० किलोमिटर पुगेको थियो । ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै गर्दा ‘नाउल’ क्रमशः कमजोर भए पनि विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएको थियो ।

सरकारी स्वामित्वको चाइना नेसनल रेडियोका अनुसार ग्वाङडोङमा सुरक्षाका लागि सात लाख १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चाइना न्युज सर्भिसका अनुसार आँधीका कारण आइतबारका लागि प्रान्तका केही रेल सेवा पनि रद्द गरिएको थियो ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले दक्षिणी ग्वाङडोङ र दक्षिणपूर्वी फुजियान प्रान्तका केही क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी दिएको थियो । सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार ग्वाङडोङको तटीय हुइलाइ काउन्टीमा आँधीका कारण धेरै रूख ढलेका छन् ।

हङकङ विमानस्थल प्राधिकरणका अनुसार आइतबार करिब ३५० उडान रद्द गरिएको छ । हङकङका अधिकारीले आँधीका कारण सहरभरि कम्तीमा नौ जना घाइते भएको बताएका छन् ।

स्थानीय प्रहरीका अनुसार ‘नाउल’ हङकङनजिक पुग्दै गर्दा शनिबार दिउँसो एउटा अग्लो भवनमा जडान गरिएको मचानको केही भाग भत्किएको थियो । प्रारम्भिक विवरणअनुसार उक्त घटनामा कोही पनि घाइते भएका थिएनन् ।

ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार ‘नाउल’का कारण ताइवानको दक्षिणी तथा पूर्वी क्षेत्रमा वर्षा भएको थियो । आँधी ताइवानको दक्षिणी समुद्री क्षेत्र हुँदै अघि बढेको थियो ।

यसै महिनाको सुरुमा टाइफुन ‘भाभी’ले पूर्वी चीनमा तीव्र हावाहुरी र भारी वर्षा गराउँदा २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । ‘भाभी’ जुलाई ११ मा चीनको जमिनमा ठोक्किएको थियो । यसअघि जुलाई ३ मा टाइफुन ‘मेसाक’ दक्षिणी चीनमा ठोक्किएको थियो । रासस

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १२ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया