२४ घण्टामा विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते « Khabarhub

२४ घण्टामा विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दैनिक बुलेटिनअनुसार विपद्का घटनाबाट प्रभावित जिल्लाको संख्या ३७ पुगेको छ । 

घटनामध्ये सबैभन्दा बढी पहिरोका १२, सर्पदंशका १५, आगलागीका ६, चट्याङका २, बाढीका २, वनडढेलोका ५ तथा जनावर आक्रमणका २ घटना रहेका छन् ।

विपद्का कारण करिब २३ करोड २२ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । साथै ६ वटा सडक अवरुद्ध भएका छन् भने ७ वटा चौपाया मरेका छन् । 

घटनामा प्रभावित क्षेत्रहरूमा सुरक्षाकर्मी तथा स्थानीय निकायको समन्वयमा उद्धार तथा राहत कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । 

बुलेटिनअनुसार विभिन्न घटनामा १९ जनाको उद्धार गरिएको छ भने १ हजार ७ सय ५६ सवारी साधन परिचालन गरिएको  छ।

प्राधिकरणले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो, चट्याङ र सर्पदंशबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १२ : ५३ बजे

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्