एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट « Khabarhub

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीले शनिबार फेरि प्रदेश सरकार फुटाऊ र निर्माणका लागि सहकार्यका सम्झौता गरेका छन् । 

दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा भएको सम्झौतामा भने दुवै पार्टीका नेता तथा कार्यकर्ताबीचमा उत्साह देखिएको छैन ।

शनिबार दुवै पार्टीका निश्चित नेताबीचको छलफलबाट टुंग्याइएको प्रदेश सहकार्यको सम्झौता सार्वजनिक भएपछि दुवै पार्टीका धेरै नेता तथा कार्यकर्ताले आफ्नो धारणा सार्वजनिक गर्दै असन्तुष्ट व्यक्त गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले–नेकपा सहकार्य बाध्यताले भएको बताएका छन् । 

उनले अहिलेको अवस्थामा नेकपा सरकार फाल्ने वा बनाउने कार्यमा संलग्न हुन नचाहेको तर, कांग्रेस र एमाले एउटै सरकारमा नबस्ने स्थिति आएपछि प्रदेशसभा विघटनमा जान नदिनका लागि आफूहरू सरकारमा सहभागी हुने निर्णय गरेको बताए ।

‘नेका र एमाले एउटै सरकारमा बस्दै नबस्ने स्थिति आएपछि तत्काल प्रदेशसभा विघटनमा जान नदिनका लागि हामीले सरकारमा सहभागी हुने बाध्यात्मक निर्णय लिनुपर्ने स्थितिमा पुगेका हौँ । त्यसरी सरकार बनाउँदा नेकपा र एमाले मध्ये कुनै एउटा सँग सहमति गर्नुपर्ने स्थिति उत्पन्न भएपछि बामपन्थी शक्तिसँग सहकार्य गर्ने पार्टीको नीति अनुसार हिजोको सहमति भएको हो’, श्रेष्ठले भने ।

नेकपा एमालेका नेता सूर्य थापाले पनि एमाले र नेकपाबीचको सहकार्य बाध्यात्मक भएको बताएका छन् । उनले दुई पक्षबीचमा भएको सम्झौतालाई रहर, खुसी र उत्तम भनेर अपब्याख्या गर्न नहुने तर्क गरेका छन् ।

‘समीक्षा हुँदैजान्छन्, गरौँला । प्रदेशमा सरकार दिने जिम्माका दलबीच सहकार्य बाध्यता हो । यसलाई रहर, खुसी र उत्तम भन्ने अपब्याख्या गर्नुहुँदैन’, थापाले भनेका छन् ।

नेकपाका नेता विरेन्द्र बस्नेतले दुई पार्टी नेतृत्वको तहबाट भएको सम्झौतामाथि संघीयताको दृष्टिकोणबाट प्रश्न उठाएका छन् । ‘यो संघीयता हो कि नियन्त्रित संघीयता हो ? जहाँ सबै कुरा माथिबाट नै घोषणा गरिन्छ’, बस्नेतले आफ्नो विचार राखेका छन् ।

नेकपा एमाले र तत्कालीन नेकपा माओवादीले ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बामगठबन्धन गर्दै पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी नै बनाएका थिए । सो पार्टी निर्माण भएको केही समयमा नै विभाजन भएको थियो भने सोही कारण पटक पटक सत्ता विघटन समेत भएको थियो । 

अहिले फेरि एमाले र नेकपाबीच भएको सहकार्यलाई दुवै पार्टीका कार्यकर्ता तहले उत्साहपूर्ण स्वागत नगरेको सामाजिक सञ्जालमा देखिन्छ भने अधिकांश नेताहरूले कुनै प्रतिक्रिया नै जनाएका छैनन् ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १ : ३१ बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक