जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी « Khabarhub

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ ।

शनिबार भएको उक्त आक्रमणमा एक जना नाविकको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको इरानले जनाएको छ ।

रुस–युक्रेन युद्धको अन्तर्राष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला इरानले यस्तो आरोप लगाएको हो । 

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजलाई लक्षित गरी क्यास्पियन सागरमा लामो दूरीको आक्रमण गरिएको बताएका थिए ।

इरानको सरकारी समाचार संस्था इरनाका अनुसार इरानी विदेश मन्त्रालयले शनिबार बिहान भएको आक्रमणमा जहाजमा विस्फोट हुँदा एक नाविकको मृत्यु भएको र अर्का एक जना घाइते भएको जनाएको छ ।

इरानले रुस–युक्रेन युद्धमा आफूले कहिल्यै हस्तक्षेप नगरेको दाबी गर्दै आफ्नो व्यापारिक जहाजमाथिको आक्रमणको विरोध गरेको छ ।

यता, राष्ट्रपति जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमार्फत युक्रेनी सशस्त्र बलले क्यास्पियन सागरमा लामो दूरीको प्रहारमार्फत अत्यन्त सशक्त नतिजा हासिल गरेको बताएका थिए । 

उनका अनुसार आक्रमणमा इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजका साथै एउटा युद्धपोतलाई लक्षित गरिएको थियो ।

युक्रेनको गुप्तचर निकाय (एसबीयू)ले टेलिग्राममार्फत इरान र रुसबीच सैन्य सामग्री ओसारपसारमा प्रयोग भएका तथा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेका कार्गो जहाजलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको जनाएको छ ।

इरानी सरकारी टेलिभिजनका अनुसार विदेश मन्त्रालयले उक्त घटनालाई ‘शत्रुतापूर्ण र आपराधिककार्य’ भन्दै विरोध जनाउन शनिबार तेहरानस्थित युक्रेनी कार्यवाहक राजदूतलाई बोलाएको थियो ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले युरोपेली सङ्घ (इयू)की विदेश नीति प्रमुख काजा कालाससँगको कुराकानीमा आक्रमणको विरोधमा इयू र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट कडा प्रतिक्रियाको माग गरेको इरानले जनाएको छ । रासस

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  २ : ०३ बजे

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि