वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी « Khabarhub

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जङ्गल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । 

धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षरोपण कार्यक्रममा उनले वन र पर्यावरणको संरक्षणबिना मानव अस्तित्व नै सङ्टमा पर्ने उल्लेख गर्दै प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् । 

मन्त्री चौधरीले सडक पूर्वाधारको विकासले मात्र देश समृद्ध नबन्ने उल्लेख गर्दै कृषि, वन, जल, जमिन र वातावरण संरक्षणसँगै समग्र विकासमा जोड दिनुपर्ने धारणा राखिन् । देश निर्माणका लागि सबै क्षेत्रको सन्तुलित विकास आवश्यक रहेको उनको भनाइ थियो ।

बाल्यकालदेखि ‘हरियो वन नेपालको धन’ र ‘नेपाल कृषि प्रधान देश हो’ भन्ने सुन्दै आए पनि कृषि र वन क्षेत्रले अपेक्षित प्राथमिकता नपाएको उल्लेख गर्दै उनले माटो सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै प्राकृतिक स्रोत संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताइन् ।

प्रत्येक प्रदेशमा एक–एक वटा प्राणी उद्यान स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै मन्त्री चौधरीले सोही योजनाअनुसार मधेस प्रदेशमा पनि प्राणी उद्यान निर्माण गरिने बताइन् ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ३ : ३७ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि