प्रियंकाको ‘मास्टर्नी’को टिजर : स्टारको अनुहार अटायो, कथाबारे अन्योल « Khabarhub

प्रियंकाको ‘मास्टर्नी’को टिजर : स्टारको अनुहार अटायो, कथाबारे अन्योल


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘म्याथ सिक्ने भए…’ भन्ने गीतले विवादमा परेको फिल्म ‘मास्टर्नी’को टिजर सार्वजनिक भएको छ ।

नायिका प्रियंका कार्कीको निर्माण र शीर्ष अभिनय रहेको यस फिल्मको टिजर स्टार कलाकारहरूको अभिनय रहेको जानकारी दिन केन्द्रित रहेको छ । टिजरमा नायकहरू आर्यन सिग्देल, प्रमोद अग्रहरी र नायिका ऋचा शर्मालाई प्रस्तुत गरिएको छ ।

नायिका सिम्रन खड्का भने प्रियंकाको छोरीको भूमिकामा देखिएकी छन् ।

‘यो फिल्ममा स्टार कलाकार धेरै छन्’ भन्ने चर्चालाई टिजरले केही हदसम्म न्याय गरेको छ । टिजर पनि यही चर्चा र उत्सुकता मेट्न केन्द्रित रहेको देखिन्छ । किनभने टिजरमा फिल्मको कथावस्तुबारे खासै जानकारी दिइएको छैन ।

तथापि, फिल्मले क्राइम सस्पेन्स कथा प्रस्तुत गर्ने टिजरले खुलाउँछ ।

यो फिल्म प्रियंकाको होम प्रोडक्सनमा बनेको हो । यही फिल्मबाट उनी आधिकारिक रुपमा निर्माणमा होमिएकी हुन् ।

यस फिल्मको कथा प्रियंकाको हो । स्क्रिप्ट शान बस्नेतले लेखेका हुन् । संवाद भने शान र प्रियंका दुवै मिलेर लेखेका हुन् ।

सुवेन्दु घोषको निर्देशनमा फिल्म बनेको हो । भदौ ५ बाट फिल्म प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया