साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु) « Khabarhub

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन् । बस्ने उपयुक्त स्थानको व्यवस्था नहुँदा उनीहरू वर्षामै भिजेर बस्न बाध्य भएका छन् । 

केही प्रदर्शनकारी गाडीको ओत, रुखको छहारी तथा उपलब्ध सानो आश्रयमा बसेर रात बिताउने तयारीमा देखिएका छन् ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपाल को आयोजनामा भएको मार्चमा करिब ९ सय जना सहभागी भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार आन्दोलनकारीहरूले गृह प्रशासनसँग समन्वय हुन नसकेको र जिल्ला प्रशासन कार्यालय काठमाडौंले बसोबासको जिम्मेवारी लिन नसक्ने बताएपछि रत्नपार्कमै बस्ने निर्णय गरेका छन् ।

प्रदर्शनकारीहरूले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्न माग गरेका छन् । 

साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्न सरकारसँग माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

सिंहदरबारसम्म पुग्ने उद्देश्यका साथ बल्खुबाट सुरु गरिएको लघुवित्त पीडितहरूको ‘राजधानी मार्च’ आइतबार शान्तिबाटिकामा आएर रोकिएको छ । सुरक्षा निकायले अगाडि बढ्न नदिएपछि प्रदर्शनकारीहरू शान्तिबाटिकामै रोकिएका हुन् ।

उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ५ : ०९ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ