मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै « Khabarhub

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन व्यवस्थापन र माटोको उर्वराशक्ति सुधारका लागि विशेष रणनीति ल्याउन लागिएको बताएकी छन्।

आइतबार धनुषा अनुगमनका क्रममा जनकपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि र सिँचाइ मन्त्रालयबीच सहकार्य गरेर एक एकीकृत योजना बनाइने बताइन् ।

उनले सिँचाइ र कृषि अलग–अलग नभई एउटै युनिटका रूपमा अघि बढाउँदा मात्र प्रभावकारी परिणाम आउने उल्लेख गरिन् ।

मन्त्री चौधरीले मधेशको माटोमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगका कारण जैविक पदार्थ घट्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।

उनले माटोको उर्वराशक्ति जोगाउन दीर्घकालीन रुपमा प्राङ्गारिक र जैविक खेतीलाई प्रवर्द्धन गर्न लागिएको बताए ।

यसका लागि नार्क र कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा १० वटा नमुना पालिका चयन गरी ’माटो सुधार परियोजना’ सञ्चालन गरिने घोषणा गरिन् ।

यस्तै, धनुषाको संरक्षित क्षेत्रलाई समेटेर मधेश प्रदेशमा एउटा प्राणी उद्यान निर्माण गर्ने सोचका साथ अघि बढिएको र प्राविधिक टोलीको अध्ययनपछि प्रक्रिया अघि बढाइने उनले जानकारी दिइन् ।

मन्त्री चौधरीले अनुगमनका क्रममा धनुषाका माछापालक किसान, आँप उत्पादक र सहकारी प्रतिनिधिहरूसँग भेटघाट गरी कृषि प्रविधि र बीउ बिजनको पहुँचबारे जानकारी लिएकी थिइन्।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ५ : २९ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ