नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए « Khabarhub

नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन– नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन् । स्वास्थ्य ऐन २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन् ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्था बाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन् । यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए ।

देशभरमा छ हजार हाराहारी एम्बुलेन्स रहेको तथ्याङ्क छ । ती मध्ये स्वास्थ्य सङ्घ संस्थाले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छन् भने गैर सरकारी संस्था र निजी क्षेत्रले सञ्चालन गरेका एम्बुलेन्स सञ्चालन हुन नसकेका हुन् ।

ऐन आएदेखि नै निरन्तर रुपमा संशोधनका लागि सरकारी तवरमा पहल गर्ने काम भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए ।

पूर्व स्वास्थ्य मन्त्री डा सुधा शर्मालाई समेत उक्त समस्याबारे अवगत गराएको अध्यक्ष लामिछाने बताउँछन् । नयाँ सरकार गठन भएपछि स्वास्थ्य मन्त्रीसमक्ष आफ्ना समस्या राख्ने तयारीमा आफूहरू रहेको उनको भनाइ छ ।

ऐन संशोधन नभएमा धेरै एम्बुलेन्स थन्किने र आम नागरिकले सहज रुपमा सेवा पाउन कठिन हुने उनले बताए । अध्यक्ष लामिछानेले भने, ‘मानवतासँग प्रत्यक्ष जोडिएकाले यस विषयलाई नयाँ सरकारले गम्भीरताका साथ हेर्नुपर्छ ।’ यसबाट चालकको रोजगारी समेत गुमेको उनले बताए ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ५ : ५९ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ