‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी « Khabarhub

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक झा विजयी भएका छन्।

आइतबार भारतको महाराष्ट्रमा भएको १०औँ महाधिवेशनबाट ९५ मतसहित झा विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धा गरेका लीलामणि पाण्डेले ७७ र मीन बोहोराले ३६ मत ल्याएका छन्।

महाधिवेशनमा जम्मा २१० मत खसेको थियो । जसमा २ मत बदर हुँदा २०८ मत सदर भएको थियो ।

महाधिवेनशले अध्यक्षलाई मात्रै निर्वाचित गर्ने प्रावधान छ । अन्य पदाधिकारी र सदस्यहरू निर्वाचित अध्यक्षले मनोनीत गर्ने गर्छन् । जनसम्पर्क समितिमा यसअघि दुई कार्यकाल बालकृष्ण पाण्डे अध्यक्षका रुपमा थिए ।

सम्पर्क समितिको महाधिवेशन उद्घाटन शनिबार नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य हिमबहादुर रावलले गरे।

महाराष्ट्रस्थित लोकमान्य तिलक सभागृहमा आयोजित नेपाली जनसम्पर्क समितिको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई कांग्रेस सुदूरपश्चिम कार्यसमितिकी सहमहामन्त्री अम्बिका चलाउने र लुम्बिनीका समहहामन्त्री निमा गिरीले पनि सम्बोधन गरेका थिए ।

यो महाधिवेशनमा प्रमुख अतिथिका कांग्रेस सभापति गगन थापा जाने कार्यक्रम थियो । तर उनी अन्तिम समयमा रोकिए ।

भारतमा ककरोच जनता पार्टीको आन्दोलन चर्किएका बेला थापामा मुम्बईतर्फ नगएका हुन् । तर शनिबार नै भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए । त्यसपछि शनिबार नै दिउँसोबाट ककरोच पार्टीले आन्दोलन रोकिसकेको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : ४० बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा