‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी « Khabarhub

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक झा विजयी भएका छन्।

आइतबार भारतको महाराष्ट्रमा भएको १०औँ महाधिवेशनबाट ९५ मतसहित झा विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धा गरेका लीलामणि पाण्डेले ७७ र मीन बोहोराले ३६ मत ल्याएका छन्।

महाधिवेशनमा जम्मा २१० मत खसेको थियो । जसमा २ मत बदर हुँदा २०८ मत सदर भएको थियो ।

महाधिवेनशले अध्यक्षलाई मात्रै निर्वाचित गर्ने प्रावधान छ । अन्य पदाधिकारी र सदस्यहरू निर्वाचित अध्यक्षले मनोनीत गर्ने गर्छन् । जनसम्पर्क समितिमा यसअघि दुई कार्यकाल बालकृष्ण पाण्डे अध्यक्षका रुपमा थिए ।

सम्पर्क समितिको महाधिवेशन उद्घाटन शनिबार नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य हिमबहादुर रावलले गरे।

महाराष्ट्रस्थित लोकमान्य तिलक सभागृहमा आयोजित नेपाली जनसम्पर्क समितिको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई कांग्रेस सुदूरपश्चिम कार्यसमितिकी सहमहामन्त्री अम्बिका चलाउने र लुम्बिनीका समहहामन्त्री निमा गिरीले पनि सम्बोधन गरेका थिए ।

यो महाधिवेशनमा प्रमुख अतिथिका कांग्रेस सभापति गगन थापा जाने कार्यक्रम थियो । तर उनी अन्तिम समयमा रोकिए ।

भारतमा ककरोच जनता पार्टीको आन्दोलन चर्किएका बेला थापामा मुम्बईतर्फ नगएका हुन् । तर शनिबार नै भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए । त्यसपछि शनिबार नै दिउँसोबाट ककरोच पार्टीले आन्दोलन रोकिसकेको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : ४० बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट