मेचीनगरबाट भन्सार छलीका कपडा बरामद « Khabarhub

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको एक लाख ४१ हजार ४० रुपैयाँ बराबरको कपडा जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरेको छ ।

मेचीनगर नगरपालिका-६ हनुमान मन्दिर क्षेत्रबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक लाख ४१ हजार ४० रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेका अवस्थामा विभिन्न किसिमका कपडा नियन्त्रणमा लिइएको हो । 

बरामद गरिएका सम्पूर्ण कपडा आवश्यक कारबाहीका लागि काँकरभिट्टा भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया