नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै « Khabarhub

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी नदीमा तटबन्धन निर्माणले तीव्रता पाएको छ । समयमा काम हुन नसकेका आयोजनाको कामलाई पछिल्लो समय तीव्रता दिइएको हो । 

गत वर्षको कात्तिकसम्म भौतिक प्रगति कमजोर भएका दुई निर्माण आयोजनाको कामले अहिले पनि गति पाएको हो । 

सम्झौता भएर पनि समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई निर्माण यतिबेला अन्तिम चरणमा पुगेका छन् । 

चितवनको सिसै-भगेँडी बालुवा क्षेत्रको छ किलोमिटर तटबन्धन गत कात्तिकसम्म २४ प्रतिशत मात्र सम्पन्न भएको थियो । 

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै अहिले ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । 
 
कार्यालयका प्रमुख डा नारायणप्रसाद सुवेदीका अनुसार असार मसान्तसम्ममा ९० दशमलव ९३ प्रतिशत काम सम्पन्न भएको छ । 

उनले भने, ‘असार मसान्तभित्रै सक्ने लक्ष्य लिए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण काम प्रभावित भयो ।’ यस्तै नारायणी नदीपारि गैँडाकोटको कुसुमघाटबाट थुम्सीसम्मको तटबन्धनको काम पनि ९९ प्रतिशत सकिएको सुवेदीले बताए । 

कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन वर्ष छ महिनासम्म ४७ प्रतिशत मात्र भएको निर्माण असार मसान्तसम्म आइपुग्दा ९९ प्रतिशत पुगेको छ । चितवनतर्फको काम विसं २०७९ असार १० गते शर्मा सगुन निर्माण कम्पनीसँग सम्झौता भई काम अघि बढेको थियो । 

चितवनतर्फका सोही ठाउँका पाँच ठेक्कामध्ये चार वटा ‘प्याकेज’ मा काम सम्पन्न भइसकेका छन् । सिसै-भगेँडीको काम भने रोकिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ । 

सो ठाउँको तटबन्धनको काम अहिले ९० प्रतिशत सकिएपछि बर्सात्मा आउने बाढीको जोखिम धेरै कम भएको छ । 

छ किलोमिटर लामो यो तटबन्ध रु ३७ करोडमा सम्झौता भएको हो । समस्या पहिचान गरी निरन्तर पहल गरेपछि कामले गति लिएको प्रमुख डा सुवेदीले बताए ।

गैँडाकोटतर्फको कुसुमघाट-थुम्सी क्षेत्रको करिब पाँच किलोमिटर तटबन्धका लागि विसं २०७९ मङ्सिर १५ गते सम्झौता भएको थियो । 

एक अर्ब नौ करोड लागतमा सम्झौता भएको तटबन्धको काम अहिले ९९ प्रतिशत भएको छ । कार्यालय प्रमुख डा सुवेदीले यो क्षेत्रमा दुबोको चपरी राख्ने र अन्य साना काम मात्र बाँकी रहेको बताए । 

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : ५७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया