एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन « Khabarhub

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निर्माणाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । 

निरीक्षणका लागि पुगेका गृहमन्त्री गुरुङले कामदारको सङ्ख्या बढाएर द्रुत रूपमा निर्माणको काम अगाडि बढाउन आग्रह गरे । 

उनले ठेक्का लिएर आलटाल गरी बस्ने ठेकेदार कम्पनी र काममा तदारूकता नदेखाउने प्राविधिक वा अनुगमनकर्ता उपर कारबाही हुने बताए । 

सुरूआतको आठ वर्ष बित्दा पनि निर्माणमा अत्यन्तै ढिलासुस्ती गरिरहेको अवस्थामा गृहमन्त्री गुरूङको निर्देशनले भवन समयमै बन्नेमा आशावादी रहेका स्थानीय बासिन्दाले बताएका छन् । 

 रसुवागढी क्षेत्रको निरीक्षण पश्चात् गृहमन्त्री गुरूङले त्यस भेगमा खटिएका भन्सारका कर्मचारी एवं सुरक्षाकर्मीलाई निर्देशन दिँदै सिम क्षेत्रको सुरक्षा मजबुद पार्न, सेवा प्रवाह छिटो छरितो तवरले सम्पादन गर्न आग्रह गरे ।  

गृहमन्त्री गुरूङको भ्रमणले यहाँ कार्यरत सुरक्षाकर्मीको मनोबल बढेको इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुवरले बताए । 

यसैबीच शनिबार साँझदेखि भोटेकोसीमा हराइरहेका विद्युतीय ईभी भ्यानका चालकको खोजी कार्य तीव्र पारिएको छ । 

राजधानीबाट गोताखोरको टोली आएर खोजीकार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । 
 

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया