युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै « Khabarhub

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका छन्।

इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार उनले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नेछन्। त्यही दिन उनी दिवंगत अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको अन्त्येष्टिमा पनि सहभागी हुने कार्यक्रम छ।

नेतान्याहु र ट्रम्पबीच फेब्रुअरीयता पहिलो पटक प्रत्यक्ष भेट हुन लागेको हो। दुवै नेताबीचको पछिल्लो भेट इरानसँगको युद्ध सुरु हुनुअघि भएको थियो।

अमेरिका र इरानबीच फेरि तनाव बढिरहेका बेला हुन लागेको यस भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

तेहरानले आफ्ना आक्रमणको दायरा विस्तार गर्दै प्रत्यक्ष रूपमा इजरायललाई पनि निशाना बनाउन सक्ने आशंका रहेकाले देश उच्च सतर्कतामा रहेको बताइएको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : ३० बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा