गोरखाको नारीघाटमा महिलाको शव फेला « Khabarhub

गोरखाको नारीघाटमा महिलाको शव फेला


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव फेला परेको छ। मर्स्याङ्दी नदीको किनारामा अन्दाजी ३५ देखि ४० वर्षकी महिलाको शव उत्तानो अवस्थामा फेला परेको हो।

स्थानीय बासिन्दाबाट प्राप्त जानकारीका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का संकलन कार्य पूरा गरेको छ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन। प्रहरीले शवलाई पोस्टमार्टम र पहिचानका लागि गोरखास्थित प्रदेश अस्पताल पठाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकको पहिचान गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखा सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ९ : ११ बजे

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति