प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह « Khabarhub

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ३३ वर्षीय सन्दीप सिंह छन् ।

उनलाई शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

यही साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको एक विषयको परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जाल तथा ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक भएको थियो ।

‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ९ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया